जाँचबुझ आयोगमा कर्मचारी थप गर्नेदेखि भूउपयोग नियमावली स्वीकृत गर्नेसम्म यस्ता छन् मन्त्रिपरिषदका निर्णय


काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । मंगलबार पत्रकार सम्मेलन गरी सरकारका प्रवक्ता एवं संचरमन्त्री जगदीश खरेलले बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अन्तर्गतका निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले सरकारले गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा निजामतीतर्फ चार र नेपाल प्रहरीतर्फ ११ थप कर्मचारी उपलब्ध गराउने निर्णय गरेको छ ।