कांग्रेसलाई नेतृत्व छाड्न मधेशका मुख्यमन्त्री तयार


जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले दलहरू नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न सहमति गरे आफू राजीनामा दिन तयार रहेको बताएका छन् ।

मंगलबार बिहान पत्रकार सम्मेलन गरी मुख्यमन्त्री यादवले यस्तो कुरा बताएका हुन् । उनले निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिन नसकेपछि संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुखले आफूलाई मुख्यमन्त्रीमा नियुक्त गरेको बताए ।

उनले भने, ‘अझै केही बिग्रेको छैन । दलहरूले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न सहमत भए म राजीनामा दिएर मार्गप्रशस्त गर्न तयार छु ।’

उनले तत्काल कांग्रेसबाहेक अरु दललाई नेतृत्व दिने विषयमा नसोचेको बताए ।