सुनको मूल्य तोलामा ३०० रुपैयाँ वृद्धि


काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबार सुन तोलाको ३०० रुपैयाँ र चाँदी २० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलाको २ लाख ९४ हजार ८०० रुपैयाँ पुगेका छ ।

अघिल्लो दिन आइतबार सुनको मूल्य २ लाख ९५ हजार १०० रुपैयाँ रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य ५ हजार ३० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार १० रुपैयाँ रहेको थियो ।