जेनजी आन्दोलन प्रभावित उद्योग व्यवसायलाई सरकारले दियो यस्तो सुविधा


काठमाडौं । जेनजी आन्दोलनबाट प्रभावित उद्योगी व्यवसायीले २०८२ पुस मसान्तभित्र कर्जाको पुनरसंरचना तथा पुनरतालिकीकरण गर्ने पाउने भएका छन् । आन्दोलनबाट प्रभावित व्यवसायीलाई पुनरुउत्थान र सहजीकरण गर्न केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो ।

शुक्रबार बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै आन्दोलनका क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रत्यक्षरुपमा प्रभावित उद्योग, व्यापार, व्यवसाय, प्रतिष्ठान तथा अन्य ऋणीलाई प्रवाहित कर्जा ऋणीको अनुरोधमा बैंक संस्थाले प्रभावको एकीन कर्जाको पुनरतालिकीकरण/पुनरसंरचना गर्न सक्ने व्यवस्था गरेको हो ।

यस्तो पुनरतालिकीकरण/पुनरसंरचना २०८२ पुस मसान्तभित्र गरिसक्नु पर्ने निर्देशनमा उल्लेख छ । कर्जा पुनरतालिकीकरण/पुनरसंरचना गरिएका कर्जा २०८२ असार मसान्तमा जुन वर्गमा रहेको छ, सोही वर्गमा वर्गीकरण र कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने निर्देशनमा उल्लेख छ । यस्तो कर्जामा बक्याता ब्याज अशुल नगरी पुनरतालिकीकरण÷पुनरसंरचना गर्न सक्ने भएको हो ।

जेनजी आन्दोलनबाट प्रत्यक्ष प्रभावित ऋणी संस्थासँग ‘फवार्ड/ब्याकवार्ड लिङकेज’ भएका ऋणीलाई प्रवाहित कर्जा सम्बन्धित बैंकले प्रभावको एकीन गरी ऋणीले बुझाउनुपर्ने ब्याजको न्यूनतम ५ प्रतिशत रकम असुल उपर गरी पुनरतालिकीकरण÷पुनरसंरचना गर्न सक्ने भएका छन् ।

यस्तो पुनरतालिकीकरण/पुनरसंरचना ऋणीको अनुरोधमा २०८२ पुस मसान्तभित्र गरिसक्नु पर्नेछ । निर्देशनमा उल्लेख छ ।

पुनरतालिकीकरण/पुनरसंरचना गरिएका कर्जा २०८२ असार मसान्तमा जुन वर्गमा रहेको छ, सोही वर्गमा वर्गीकरण र कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।

यस्तै रसुवा र तातोपानी भन्सार नाकामा प्राकृतिक प्रकोपका कारण पछिल्लो दिनमा देखिएको अवरोधबाट प्रभावित कर्जालाई ऋणीको अनुरोधमा सम्बन्धित बैंकले व्यवसायमा परेको प्रभावको यकिन गरी कर्जाको पुनरतालिकीकरण÷पुनरसंरचना गर्न सक्ने भएका छन् ।

यस्तो कर्जा पुनरतालिकीकरण÷पुनरसंरचना २०८२ पुस मसान्तभित्र गरिसक्नु पर्ने निर्देश्नमा उल्लेख छ । तर, उक्त कर्जा कर्जा २०८२ असार मसान्तमा जुन वर्गमा रहेको छ, सोही वर्गमा वर्गीकरण र कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।