शेयर बजारमा ६ अर्ब ३२ करोड रुपैयाँको किनबेच



काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से उच्च अङ्कले घटेको छ । आइतबार नेप्से ५३ दशमलव ०४ अङ्कले घटेर २ हजार ६ सय १६ दशमलव २६ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा फाइनान्स समूहको शेयर झन्डै ३ प्रतिशतले ओरालो लागेको छ । यस्तै विकास बैंक, होटल, जलविद्युत्, लगानी, माइक्रोफाइनान्स, निर्जीवन बीमा, व्यापार समूहको शेयर २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज मिथिला लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले ओरालो लागेको दिन कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर भने साढे ८ प्रतिशतभन्दा धेरैलो ओरालो लागेको छ ।

नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । आज ३ सय १७ वटा कम्पनीका १ करोड २३ लाख कित्ता शेयर ६ अर्ब ३२ करोड रुपैयाँमा किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नागरिक लगानी कोषले दियो सहभागीलाई एक अर्ब ५२ करोड प्रतिफल

काठमाडौँ । नागरिक लगानी कोषले बचत वृद्धि अवकाश कोष कार्यक्रममा सहभागीलाई एक अर्ब

कूल निर्यातमा भटमास तेलको हिस्सा एक तिहाई, नौ महिनामा साढे ६२ अर्ब भन्दा बढीको निर्यात

  काठमाडौँ । नेपालले निर्यात गर्ने वस्तुहरुमा सबैभन्दा ठूलो हिस्सा भटमास तेलको देखिएको

नेप्सेमा आठ अर्ब ७७ करोडको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

कर नबुझाउने एक सय २२ करदातामाथि कारबाही

बागमती । आन्तरिक राजस्व कार्यालय मकवानपुर हेटौँडाले लामो समयदेखि कर नबुझाउने १२२ जना