दुई वर्षभित्र पाँच सय मेगावाट उत्पादन गर्ने प्रोजिल इनर्जीको लक्ष्य



 

काठमाडौं । सरकारले हरित ऊर्जा विकासलाई सहज बनाउन यस क्षेत्रमा देखापरेका प्रक्रियागत अप्ठ्यारा हटाउने तयारी गरेको छ ।

बुधबार राजधानीमा सम्पन्न प्रोजिल हरित ऊर्जा सम्मेलनमा विद्युत नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धितालले प्रक्रियागत अप्ठ्यारा हटाउने उद्देश्यले सरकारले हालै अनलाइन प्रणालीबाट आवेदन दिनसक्ने र अन्य प्रक्रिया अघि बढाउनसक्ने व्यवस्था गरेको बताए ।

सरकारले कूल उत्पादनको पाँचदेखि १० प्रतिशतसम्मको ऊर्जा सौर्यलगायतका वैकल्पिक स्रोतबाट प्राप्त गर्ने लक्ष्य राखेको उनले बताए । हरित ऊर्जा विकासलाई नै ध्यानमा राखेर मूल्य निर्धारणलगायत प्रक्रियालाई सहज बनाउनेतर्फ सरकार लागेको जानकारी उनले दिए ।

हरित ऊर्जा विकास गरिरिरहेको प्रोजिल ग्रीन इनर्जीका प्रबन्ध निर्देशक सोवित राईले कम्पनीले हालसम्म नौ दशमलव दुई मेगावाट सौर्य ऊर्जाबाट उत्पादन गरेको र आगामी दुई वर्षभित्र पाँच सय मेगावाट उत्पादन गर्ने लक्ष्य राखेको जानकारी दिए । प्रोजिल इनर्जी गोल्यान समूहको कम्पनी हो ।

स्वतन्त्र ऊर्जा उत्पादक संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले वैकल्पिक ऊर्जाको प्रष्ट पहिचान ऊर्जासम्बन्धी नीतिमा हुनुपर्ने बताए । सरकारको लक्ष्यअनुरुप ऊर्जा आयात गर्नै नपर्ने अवस्था ल्याउन सरकारले निजी लगानी संरक्षण गर्नुपर्ने उनले जोड दिए ।

सौर्य ऊर्जा उत्पादक सङ्घका अध्यक्ष डा सन्दीप शाहले प्रविधिले सौर्य ऊर्जाको क्षमतासमेत बढाएको बताउँदै उनले कूल ऊर्जा उत्पादनमा १० प्रतिशतभन्दा बढी योगदान गर्नसक्ने उल्लेख गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रुग्ण उद्योग पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रुग्ण उद्योगहरू साझेदारीको ढाँचामा पुनः सञ्चालनका लागि

नेप्सेमा सामान्य अंकको वृद्धि

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से सामान्य बढेको छ ।

सुपारीको पातबाट बनेका थाल, बटुका युरोप निर्यात

२९ माघ, झापा । किसानको बारीमा खेर गइरहेको सुपारीको पातबाट बनेका थाल, बटुकालगायतका