काठमाडौँ महानगरपालिका र होटल सङ्घले पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने



काठमाडौँ । काठमाडौँ महानगरपालिका र होटल सङ्घ नेपाल (हान)ले पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने भएका छन् ।

होटल सङ्घका अध्यक्ष विनायक शाहको नेतृत्वमा गएको सङ्घको प्रतिनिधिमण्डलले बिहीबार काठमाडौँ महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाहबीच पर्यटन प्रवर्द्धनसम्बन्धी छलफल भएको हो । छलफलमा सङ्घका अध्यक्ष शाहले पर्यटन उद्योगमा गरिनुपर्ने दूरगामी महत्वका योजना प्रस्तुत गर्नुभएको सङ्घले विज्ञप्तिमार्फत जनाएको छ ।

काठमाडौँ महानगरपालिका र होटल सङ्घ नेपालको पर्यटन प्रवर्द्धनको संयुक्त बैठक बसी आवश्यक कार्ययोजना तय गरिने सम्बन्धमा काठमाडौँ महानगरपालिकाका प्रमुख शाहले महानगरपालिका सकारात्मक रहेको बताए । उनले पर्यटन प्रवर्द्धनमा महानगरले तयार पारेका विभिन्न कार्यक्रम नदोहोरिने गरी कार्यान्वयन गर्ने पनि उल्लेख गरे ।

छलफलमा मुलुकलाई पर्यटनमार्फत समृद्धि हासिल गर्न सकिने प्रमुख उद्योग पर्यटन रहेको अध्यक्ष शाहले बताए । अन्तर्राष्ट्रिय अभ्यास र नेपालको पर्यटनको क्षमतालाई ध्यान दिँदै अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रचारमुखी कार्यक्रम तय गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

छलफलका क्रममा पर्यटकीय सम्भावना र क्षमता अभिवृद्धि साथै पर्यटनमार्फत राष्ट्रिय गरिमासमेत अन्तर्राष्ट्रिय जगत्मा पुर्याउने लक्ष्य राखी नेपालमा अन्तर्राष्ट्रियस्तरको कार्यक्रम गर्ने सम्बन्धमा पनि गहन छलफल भएको जारी विज्ञप्तिमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी

काठमाडौँ ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी संस्थाहरुले बैङ्कभन्दा

नेप्सेमा दुई अर्ब १४ करोडको कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से सामान्य घटेको छ ।

सरकारका तर्फबाट निजी क्षेत्रलाई निरुत्साहित गर्ने काम हुँदैनः अर्थमन्त्री पुन

काठमाडौँ ।  अर्थमन्त्री वर्षमान पुनले सरकारका तर्फबाट निजी क्षेत्रलाई निरुत्साहित गर्ने काम नहुने

दस महिनादेखि रोकियो मध्यभोटेकोशीको काम

सिन्धुपाल्चोक । सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीयले माग गरेको पैसा दिन नसकेपछि मध्यभोटेकोशी जलविद्युत् आयोजनाको