बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा अर्यालको प्यानल विजयी



बुटवल । बुटवल उद्योग वाणिज्य संघको भर्खरै सम्पन्न निर्वाचनमा हरि प्रसाद अर्यालको प्यानल विजयी भएको छ । रुपन्देहीकै सबैभन्दा जेठो व्यवसायिक संस्थाको रुपमा रहेको बुटवल उद्योग वाणिज्य संघको नेतृत्वका लागि हरिप्रसाद अर्याल र दिनेशप्रसाद श्रेष्ठले अलग अलग प्यानल बनाएर निर्वाचनमा होमिएका थिए ।

अध्यक्षमा विजयी अर्यालले ७७६ मत पाए भने उनका प्रतिस्पर्धी श्रेष्ठले ६८९ मत पाए । त्यसैगरी उद्योग उपाध्यक्ष पदमा उम्मेदवार बनेका अर्याल प्यानलका सुरज भटराईले ७७८ मत पाएर विजयी हुंदा दिनेश श्रेष्ठ प्यानलका नविन श्रेष्ठले ६७२ मत पाए ।

संघको २५ औं अधिवेशनबाट नयाँ नेतृत्वको चयनका लागि सोबवार भएको मतदानमा संघमा आवद्ध १७ सय ७८ मतदाता मध्ये १५०६ मत खसेको थियो । संघको अध्यक्षमा अर्यालसँगै उद्योग उपाध्यक्षमा सुरज भटराई महासचिवमा मुक्ति अधिकारी, कोषाध्यक्षमा वसन्त ढकाल विजयी भएका छन् भने सहसचिवमा धनकुमारी खनाल सविता विजयी भएकी छन् ।

निर्वाचित सबै अर्याल प्यानलका हुन् । सचिव पदमा भने श्रेष्ठ प्यानलका प्रतिक पोखरेल विजयी भएका छन् । पोखरेलले अर्याल प्यानलका भेषराज गैरेलाई पराजित गरे ।

संघको वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे र वाणिज्य उपाध्यक्षमा विमलराज भटराई निर्विरोध निर्वाचित भैसकेका छन् । त्यसैगरी अर्याल प्यानलका मुक्ति अधिकारी ७६० मत पाएर महासचिव पदमा विजयी हुँदा श्रेष्ठ प्यानलका बावुराम विश्वकर्मा ६९८ मत पाए।

त्यसैगरी कोषाध्यक्ष पदमा अर्याल प्यानलकै वसन्त ढकालले ८०९ मत पाएर विजयी हुंदा श्रेष्ठ प्यानलका प्रकाश कुमार श्रेष्ठले ६४४ मत पाए। सचिव पदमा भने श्रेष्ठ प्यानलका प्रतिक पोखरेलले ७२३ मत पाएर विजयी हुंदा अर्याल प्यानलका भेषराज गैरेले ७०७ मत पाए।

सहकोषाध्यक्ष पदमा अर्याल प्यानलकी धनाकुमारी खनाल(सविता)ले ८३० मत पाएर विजयी हुंदा श्रेष्ठ प्यानलका जाकीर हुसेनले ६३३ मतमा चित्त बुझाउनु पर्यो । २०७१ सालमा महासचिव बनेका अर्याल २०७४ सालमा वाणिज्य उपाध्यक्ष निर्वाचित भएका थिए। बुटवललाई गुन्जार र चलायमान बनाउने स्पष्ट योजनाका साथ आफु अगाडि बढने अर्यालले बताए।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुस्ताङका च्याङग्राको भुवा परीक्षण

म्याग्दी । मुस्ताङका कृषकले पालेका च्याङग्राको भुवा (पश्मिना बनाउने कच्चा पदार्थ) को गुणस्तर

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु

  काठमाडौँ ।  राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट सेवा सुरु गरेको

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । साताको दोसो दिन सोमबार पनि शेयर बजार नेप्से ओरालो लागेको छ

गण्डक जलविद्युत केन्द्रमा दुई महिनादेखि उत्पादन पूर्णरुपमा बन्द, दैनिक आठ लाख घाटा

गण्डक जलविद्युत केन्द्रमा दुई महिनादेखि उत्पादन पूर्णरुपमा बन्द, दैनिक आठ लाख घाटा नवलपरासी