नेपालीलाई ‘अन अराइभल भिसा’ सुविधा दिन इन्डोनेसियालाई अनुरोध



 

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले नेपाली पर्यटकलाई दिइँदै आएको ‘अन अराइभल भिसा’ सुविधा पुनः प्रदान गर्न इन्डोनेसिया सरकारलाई अनुरोध गरेको छ ।

नेपालका लागि इन्डोनेसियाका गैरआवासीय राजदूत हेरु हार्तान्तोसँग बुधबार भएको भेटमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरोना महामारीका बेला स्थगन गरिएको अन अराइभल भिसा अब पुनः जारी गर्ने व्यवस्थाका निम्ति अनुरोध गरेको महासङ्घले विज्ञप्तिमार्फत बताएको छ ।

राजदूत हार्तान्तोले अध्यक्ष ढाकालले गरेको अनुरोधप्रति सकारात्मक जवाफ दिँदै त्यससम्बन्धमा आफ्नो देशको सरकारसँग छलफल गर्ने बताए । नेपालको निर्यात प्रवद्र्धनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । नेपालले गलैँचा, चियालगायत उत्पादन इन्डोनेसिया निर्यात गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्याग्दीमा ९ सय रोपनी जग्गामा बर्खे आलुखेती

गलेश्वर । म्याग्दीमा यस वर्ष नौ सय रोपनी जग्गामा व्यावसायिक रूपमा खायन जातको

सशस्त्र प्रहरीद्वारा इलामबाट ‘पिकअप भ्यान’सहित १३ लाखको सामान बरामद

इलाम । नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा नेपाली सिमाना कटाउन लागेको सामग्रीसहित एउटा

मनास्लु क्षेत्रमा पर्यटक शुल्कमार्फत दुई करोड ५० लाख राजस्व सङ्कलन

गोरखा ।  प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न

वैशाख मसान्तसम्म मुलुकको व्यपार घाटा ११ खर्ब ७७ अर्ब

  काठमाडौँ ।  चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले ११ खर्ब ७७ अर्ब