नेप्सेमा ३३ अंकको गिरावट



काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से उच्च अंकले घटेको छ । आइतबार नेप्से ३३ दशमलव २० अङ्कले घटेर एक हजार नौ सय ७१ दशमलव १० विन्दुमा झरेको छ ।

सबै समूहको शेयर घटेकोमा जलविद्युत्, होटल, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज सबैभन्दा धेरै सनराइज फर्स्ट म्युचल फन्ड, अपर हेवाखोला जलविद्युत्, एसिएन हाइड्रोपावर, मेन्छियाम हाइड्रोपावर, मनकामना इन्जिनियरिङ र सिटिजन लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले घटेको छ ।

समग्रमा बजार राताम्मे भए पनि सबैभन्दा धेरै सयपत्री हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । आज ६७ लाख २३ हजार कित्ता शेयर एक अर्ब ८३ करोड चार लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सिटिजन लाइफ इन्सुरेन्सको १४ करोड ७३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ र भाल्चे सबस्टेसन संचालनमा

काठमाडौं । चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण प्रणाली आयोजनाअन्तर्गत नुवाकोटको किस्पाङ गाउँपालिकास्थित

नेपाली कागजबाट मासिक १ लाख कमाउँछन् पासाङ शेर्पा

ताप्लेजुङ । फुङ्लिङ नगरपालिका-६ स्थित छिरिङ नेपाली हाते कागज उद्योगका सञ्चालक पासाङ लाक्पा

हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा

निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रहः १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्नुपर्छ, ढुक्क भएर विद्युत् उत्पादनमा लाग्नुस्

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात