नेप्सेमा १८ अंकको बृद्धि



काठमाडौं । दुई दिन लगाता घटेको शेयर बजार नेप्से मङ्गलबार भने दोहोरो अङ्कले बढेको छ । मंगलबार नेप्से १८ दशमलव ४५ अङ्कले बढेर २ हजार २२ दशमलव ९१ विन्दुमा पुगेको छ ।

आज होटल र पर्यटनबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत् समूहको उच्च अङ्कले उकालो लागेको छ । बजार बढेको दिन मेन्छियाम हाइड्रो, मनकामना इन्जिनियरिङ, शुभम् पावर र मोलुङ हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

समग्रमा बजार बढेको दिन सबैभन्दा धेरै हिमालयन लघुवित्त र थ्री स्टार हाइड्रोको शेयर साढे ५ प्रतिशतभन्दा धेरैले घटेको छ । आज ८७ लाख ४ हजार कित्ता शेयर २ अर्ब ९ करोड ३८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ८ करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग

भैरहवा (रुपन्देही) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग सिद्धार्थ उद्योग वाणिज्य सङ्घ भैरहवारका

एलडिसी स्तरोन्नति असरः निर्यात र समग्र आर्थिक वृद्धिदरमा गिरावट

  काठमाडौँ । नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा विभिन्न

जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन

  काठमाडौँ ।  नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ‘नाइन एन–एकेएक्स’ कलसाइन न्यारोबडी

हुन्डाई मोटरले अब नेपालमै गाडी एसेम्बल गर्ने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्योगी–व्यवसायीलगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक