आयात घट्दा मुलुकको व्यापार घाटामा पनि कमी



काठमाडौँ । चालु आर्थिक वर्षको सुरुमै वस्तु आयातमा कमी आएको छ । भन्सार विभागका अनुसार साउन र भदौ महिनामा मुलुकमा कुल २ खर्ब ५९ अर्ब ७४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो आयात रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ प्रतिशत कम हो ।

गत आर्थिक वर्षको यहीं अवधिमा सवारीसाधन, महँगा मोबाइलसहित विभिन्न वस्तुको आयातमा प्रतिबन्ध लगाउँदा पनि २ खर्ब ७३ अर्ब ५९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । तर यो वर्ष कुनै प्रतिबन्ध नहुँदा पनि गतवर्षको समीक्षा अवधिभन्दा करिब १४ अर्ब कम रकमको आयात भएको छ ।

आयात घट्दा मुलुकको व्यापार घाटामा पनि कमी आएको छ । यो साउन र भदौ महिनामा मुलुकको व्यापार घाटा २ खर्ब ३३ अर्ब ३० करोडमा खुम्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा २ खर्ब ४४ अर्ब ९१ करोड रुपैयाँ व्यापार घाटा थियो । आयातकासाथै निर्यात पनि ७ दशमलव ७ प्रतिशत घटेको छ ।

साउन र भदौमा २६ अर्ब ४४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत वर्षको सोही अवधिमा २८ अर्ब ६८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । यसवर्ष विद्युतीय सवारीसाधन भने धेरै भित्रिएका छन् ।

साउन र भदौमा करिब ९ सय वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् । यसमा ५० किलोवाटसम्मका २५५, १०० किलोवाटसम्मका ६३१, २०० किलोवाटसम्मका ९ र त्यसभन्दा माथिका सवारीसधान भित्रिएका छन् । सबैभन्दा बढी चीनबाट ५७५ वटा सवारीसाधन नेपाल भित्रिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु

  काठमाडौँ ।  राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट सेवा सुरु गरेको

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । साताको दोसो दिन सोमबार पनि शेयर बजार नेप्से ओरालो लागेको छ

जसपाले भन्यो-नयाँ दल दर्ताको निवेदन अवैधानिक

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले पार्टी विभाजन नभएको दाबी गरेको छ ।

एमाले फुटिसकेपछि आठ महिना पहिल्यै आत्मालोचना गरें, तर ओलीले एमालेमा फर्काउन शंका गर्नुभयोः वामदेव गौतम

काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले आफू नेकपा एमालेमै जान