दुई महिनामा एक खर्ब ५४ अर्ब राजस्व सङ्कलन भएकोमा एक खर्ब ३१ अर्ब बजेट खर्च



काठमाडौँ ।  चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामा सरकारी बजेट खर्च वार्षिक लक्ष्यको सात दशमलव ४९ प्रतिशत बराबर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार भदौ मसान्तसम्ममा सरकारले  एक खर्ब ३१ अर्ब १४ करोड १३ लाख बराबर बजेट खर्च गरेको छ ।

सरकारले चालु आवका लागि कूल  १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो । सोमध्ये चालु शीर्षकमा  ११ खर्ब ४१ अर्ब ७८ करोड विनियोजन भएकोमा हालसम्म सात दशमलव ६८ प्रतिशत अर्थात्  ८७ अर्ब ६६ करोड ३५ लाख बराबर रहेको छ । पूँजीगत शीर्षकमा दुई दशमलव सात प्रतिशत मात्रै बजेट खर्च भएको छ । यो शीर्षकमा  तीन खर्ब दुई अर्ब सात करोड बराबरको बजेट छुट्याइएकोमा भदौ मसान्तसम्ममा  आठ अर्ब १६ करोड ३९ लाख बराबर बजेट खर्च भएको छ ।

वित्तीय व्यवस्थापन शीर्षकको बजेट खर्च वार्षिक लक्ष्यको ११ दशमलव ४९ प्रतिशत बराबर छ । मुख्यगरी सरकारी ऋण तिर्नका लागि प्रयोग हुने वित्तीय व्यवस्थापनतर्फको बजेट चालु आवका लागि  तीन खर्ब सात अर्ब ४५ करोड बराबर छ । पछिल्लो दुई महिना अवधिमा वित्तीय व्यवस्थापन शीर्षकबाट  ३५ अर्ब ५१ करोड ३९ लाख खर्च भएको छ ।

यहि अवधिको सरकारी राजस्व सङ्कलन वार्षिक लक्ष्यको १० दशमलव ४७ प्रतिशत बराबर छ । चालु आवका लागि सरकारले कूल  १४ खर्ब ७२ अर्ब ४८ लाख बराबर बजेट छुट्याउने लक्ष्य राखेकोमा भदौ मसान्तसम्ममा  एक खर्ब ५४ अर्ब २३ करोड ५९ लाख बराबर राजस्व उठेको छ ।

कर राजस्व वार्षिक लक्ष्यको नौ दशमलव आठ प्रतिशत अर्थात  एक खर्ब २७ अर्ब ९५ करोड ६७ लाख र गैरकर राजस्व लक्ष्यको ११ दशमलव २१ प्रतिशत अर्थात् १३ अर्ब १२ करोड बराबर उठेको छ । यो अवधिमा सरकारले वैदेशिक अनुदान भने लिएको देखिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केपी ओली, बाबुराम भट्टराई, गगन थापालगायतले राजनीतिक बेइमानी गरेको बालेनको आरोप

काठमाडौँ । फुटपाथ व्यवसाय व्यवस्थित बनाउन माग गर्दै एकसता भन्दाबढी समयदेखि धर्ना दिइरहेका

अब अस्पतालहरुले चिकित्सकमाथि कुटपिट गरे हुने सजायकाबारेमा सबैले देख्नेगरी सूचना राख्नुपर्ने

काठमाडौं । अस्पतालमा स्वास्थ्यकर्मी कुट्नेमाथि हुने दण्ड सजायका बारेमा सबै नागरिकले देख्नेगरी सूचना

नेप्सेमा १८ अंकको गिरावट

काठमाडौं । बुधबार शेयर बजार नेप्से दोहोरो अङ्कले घटेको छ । बुधबार नेप्से

यसरी विकास भयो गोठबाट पर्यटकीय बस्तीमा घोडेपानी

  म्याग्दी ।  करिब चार दशक अगाडि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने ‘घोडेपानी’