नेप्सेमा उच्च अंकको गिरावट



काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से ह्वात्तै घटेको छ । आइतबार नेप्से ४२ दशमलव १४ अङ्कले घटेर एक हजार नौ सय ६४ दशमलव ९१ विन्दुमा झरेको छ । आइतबार सबै समूहको शेयर घटेकोमा होटल, जलविद्युत्, बीमा, उत्पादन र व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज सबैभन्दा धेरै मोलुङ हाइड्रोपावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरै र मेन्छियाम हाइड्रोपावर कम्पनी तथा बुङ्गोल इनर्जी कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे भएको दिन आज सबैभन्दा धेरै शुभम् पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।बजार राताम्मे भए पनि कारोबार रकम भने उकालो लागेको छ ।

आज दुई सय ७८ वटा कम्पनीका ५६ लाख ५९ हजार कित्ता शेयर कारोबार भएका छन् । ७२ हजार चार सय वटा कारोबारमा दुई अर्ब दुई करोड ८४ लाख रुपैयाँको शेयर किनबेच भयो । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको २७ करोड ५४ लाख र रिलायबल नेपाल लाइफ इन्सुरेन्सको २४ करोड ५२ लाख रुपैयाँको शेयर खरिद/बिक्री भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आर्थिक वृद्धि लक्ष्यको आधा बराबर मात्रै हासिल हुने अनुमान

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालले तीन दशमलव

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने

काठमाडौँ । नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर लिमिटेडको शेयर प्रत्याभूति गर्ने भएको

ट्राउट माछाको हब बन्दै काभ्रेको मानेदोभान

धुलिखेल । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ र्यालेका उपेन्द्र कारञ्जितले फूलचोकी रेन्बो ट्राउट कृषि फार्म

अनि खुट्न थाले आमाहरु दुनाटपरी

बागलुङ । बागलुङ नगरपालिका–३ की ७७ वर्षीया भद्रकली पुनलाई २ महिना अघिसम्म दिन