शेयर बजार २९ अंकले बृद्धि



काठमाडौं । शेयर बजार नेप्से बुधबार पनि बढेको छ । बुधबार नेप्से २९ दशमलव ४७ अङ्कले बढेर दुई हजार ४५ दशमलव ४५ विन्दुमा पुगेको छ । बुधबार सबै समूहको शेयर बढेकोमा जलविद्युत्, होटल, उत्पादन र व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

सबैभन्दा धेरै खुटेली बुखारी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशत तथा लिबर्टी इनर्जी र ग्लोबल आईएमई ब्यालेन्स फन्डको शेयर साढे नौ प्रतिशतले बढेको छ ।

समग्रमा बजार हरियाली भए पनि आज सबैभन्दा धेरै सिटिजन्स सुपर ३० म्युचुअल फन्डको शेयर साढे सात प्रतिशतले ओरालो लागेको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ ।

४२ लाख ३७ हजार कित्ता शेयर एक अर्ब ५१ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै घोराही सिमेन्ट इन्डस्ट्रिजको शेयर सात करोड ५७ लाख रुपैयाँमा कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौँ । ठूला पूर्वाधारमा लगानी जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई दिवसीय तेस्रो लगानी

अमेरिकी राजदूतले भने-स्वदेशी तथा विदेशी लगानी बढाउन नेपालको नीतिमा स्पष्टता जरुरी छ

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै पनि मुलुकको आर्थिक

विद्युत् उत्पादनको लक्ष्य प्राप्ति गर्न १२ वर्षमा  ६१ खर्ब लगानी आवश्यक

  काठमाडौँ ।  ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे टु प्रोस्पेरिटी’ विषयक प्राविधिक

लगानी सम्मेलनमा ५५ देशका लगानीकर्ता आउने

  काठमाडौँ ।  आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका लागि स्वदेश