हुम्लाको लिमीमा फोर जी सेवा



सिमकोट । हुम्लाको हिमालपारिको गाउँ लिमीमा नेपाल टेलिकमको फोर जी सेवा सञ्चालनमा आएको छ । योसँगै उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको तिल, जाङ र हल्जिका बासिन्दा इन्टरनेट सेवाको पहुँचमा पुगेका छन् ।

तीन वर्षको प्रयासपछि इन्टरनेट सेवा सञ्चालनमा आएसँगै लिमीका बासिन्दालाई सञ्चार सम्पर्क गर्न सहज भएको हो । फोर जी सेवा सुरु भएसँगै देश–विदेशमा रहेकाहरुसित सञ्चार सम्पर्क गर्न सहज भएको नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए । चार हजार छ सय मिटर अग्लो स्थानमा फोर जी सेवाको टावर स्थापना गरिएको छ । लिमीका तीनै गाउँ तिल, हल्जि र जाङ इन्टरनेटको पहुँचमा जोडिएका छन् ।

लिमीको हल्जिगाउँमा यसअघि वल्र्डलिङ्कको इन्टरनेट सेवा सञ्चालनमा थियो । उक्त सेवा सुस्त भएका कारण फोर जी सेवाका लागि पहल गरिएको वडाध्यक्ष तामाङले बताए । फोर जी टावर स्थापना गरिएको स्थानमा सोलार पनि जडान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेप्सेमा १८ अंकको गिरावट

काठमाडौं । बुधबार शेयर बजार नेप्से दोहोरो अङ्कले घटेको छ । बुधबार नेप्से

यसरी विकास भयो गोठबाट पर्यटकीय बस्तीमा घोडेपानी

  म्याग्दी ।  करिब चार दशक अगाडि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने ‘घोडेपानी’

पर्यटनमन्त्रीद्वारा विदेशी पर्यटकलाई स्वागत

काठमाडौँ । विश्व पर्यटन दिवसका अवसरमा नेपाल आउने विदेशी पर्यटकलाई स्वागत गरिएको छ

चाडपर्व लक्षित सहुलियत मूल्य पसल असोज २१ गतेदेखि मङ्सिर ३ गतेसम्म सञ्चालन गरिने

काठमाडौँ । चाडवाड लक्षित सहुलियत मूल्य पसल असोज २१ गतेदेखि मङ्सिर ३ गतेसम्म