कुतियाकबरमा भारतीयको लोभलाग्दो तरकारी खेती, मनग्य आम्दानी



कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरको पारी भारतीय बस्ती नौजलियाका बासिन्दा हुन, कार्तिक मण्डल । नौजलियामा उनीसँग खेतीका लागि जमिन छैन । बसोबासका लागि एउटा सानो छुप्रो मात्रै छ ।

उनले जीविकोपार्जनको गन्तव्य बनाएका छन् नेपाली गाउँ, कुतियाबरलाई । उनले कुतियाकबरमा तरकारी खेती गर्न थालेको दशकभन्दा बढी समय भइसक्यो । “खेतीका लागि आफूसँग जमिन छैन, यहाँ जमिन भाडामा लिएर तरकारी गरिरहेको छुँ”, उनी भन्छन्, “यसैबाट घरखर्च चल्छ ।” सुरुवातमा दुई बिघा जमिन भाडामा लिएको उनले बताए ।

महाकाली नदीले जमिन कटान गरेर एक बिघा मात्रै बाँकी राखेको उनको भनाइ छ । परबलका साथै भिण्डी, खुर्सानी, हल्दीलगायतको खेती उनले गरेका छन् ।

“ १२ हजार प्रत्येक वर्ष जमिनको भाडा तिर्छुँ, तरकारी खेतीमा परिश्रम धेरै लाग्छ”, उनी भन्छन्,, “घरपरिवारको खर्च तरकारी खेतीबाटै चलेको छ ।” भारतीय बस्ती नौजलिया र नेपाली बस्ती कुतियाकबरको भूभाग मात्रै जोडिएको छैन । यहाँका स्थानीयको रोजीरोटी पनि एकापसमा जोडिएको छ । मण्डलजस्ता धेरै भारतीय नागरिक कुतियाकबरमा तरकारी खेतीमा जमेका छन् ।

नौजलियाकै पुलिन बआडले पनि कुतियाबरमा जमिन भाडामा लिएर तरकारी खेती गर्छन् । बर्सेनि एक÷दुई लाख तरकारी खेतीबाट बचत गर्ने गरेको उनीब. बताउँछन् । उत्पादित तरकारीलाई बिक्रीका लागि भारतीय बजार तथा महेन्द्रनगरतर्फ लैजाने गरेको उनको भनाइ छ । “व्यवसायी बारीमै आएर पनि तरकारी लैजान्छन्, हामी कहिले बिक्रीका लागि भारततिर त कहिले नेपालतिर लैजान्छौँ”, उनले भने, “बाढीले ल्याएको बलौटे माटोमा परवल राम्रो उब्जाउ हुन्छ ।”

धान, गहुँ, तरकारी, परवल र बदामको खेती गर्ने गरेको उनले बताए । कुतियाबरलाई एकापट्टिबाट महाकाली र अर्कोतिरबाट जोगबुढा नदीले घेरेको छ । बर्सातको समयमा आउने बाढीले खेतीमा क्षति पुर्याउने गरेको पुलिनको गुनासो छ ।

एक पटक छरेको परवलको बीउ पाँच÷छ वर्षसम्म उत्पादन दिने गरेको उनले बताए । “एक पटक छरेपछि पाँच÷छ वर्षसम्म बीउ छर्न पर्दैन, उत्पादन दिइराख्छ”, उनले भने, “त्यसैले पटकपटक लगानी गरिराख्नु पर्दैन, आफ्नो मेहेनत मात्रै लाग्छ ।”

दोधारा चाँदनीमा उत्पादन भएको परवलले स्थानीयस्तरमै बजार पाउन थालेपछि किसानलाई अझै राहत मिलेको छ । “अचेल यतै गाडी चल्न थाले, अब हामीलाई आफ्नो उत्पादन बिक्री गर्न सहज भएको छ”, विश्व मण्डलले भने । उनका अनुसार परवल प्रतिकिलोग्राम ३५ देखि ४० रुपैयाँसम्म बिक्री हुने गरेको छ ।

एक कट्ठा जमीनमा एक हप्तामा दुई क्विन्टलसम्म परवल उत्पादन हुने गरेको मण्डलले बताए । “परवल उत्पादन सुरु भएपछि हप्ता दिनको फरकमा टिप्ने गर्छौं”, उनले भने “एक पटकमा एक÷दुई क्विन्टलसम्म परवल उत्पादन हुन्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सोह्रौँ योजनामा उत्पादन र रोजगारीलाई प्राथमिकता

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठले १६औं आवधिक योाजनाले विद्यमान अवस्था,समस्या

वैदेशिक लगानीलाई सरलीकृत गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत गर्दै नवप्रवर्तन र उद्यमशीलताको

‘निःशुल्क सिपमूलक तालिमका लागि’ महानगरमा ६८ हजारको आवेदन

काठमाडौं । निःशुल्क सिपमूलक तालिम लिनका लागि काठमाडौँ महानगरपालिकामा अहिलेसम्म ६८ हजार ८६६

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने

काठमाडौँ । कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति ९८ लाख अमेरिकी डलर