गण्डकी प्रदेशका एक सय ५५ सहकारी एकीकरण



 

वालिङ (स्याङ्जा) । गण्डकी प्रदेशका विभिन्न जिल्लामा स्थापना भएका एक सय ५५ सहकारी संस्था एकीकरण भएका छन् । सहकारीका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ प्रदेश राजपत्रमा प्रकाशित भएर कार्यान्वयनमा आएसँगै सहकारी संस्था एकीकरण भएका प्रदेशस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

ऐन कार्यान्वयनमा आएसँगै विसं २०७९ चैतसम्म एक सय ५५ सहकारी एकापसमा एकीकरण भई ६५ भएका छन् । सहकारी रजिष्ट्रार कार्यालय पोखराका रजिष्ट्रार रोशन अर्यालले कास्की, बाग्लुङ, म्याग्दी, नवलपुर, गोरखा, तनहुँ, लमजुङ, स्याङ्जा र पर्वतका सहकारी संस्था एकीकरण भएका जनाउँदै मनाङ र मुस्ताङमा बाँकी रहेको जानकारी दिए ।

उनका अनुसार सबैभन्दा धेरै कास्कीमा ५६, बाग्लुङ र म्याग्दीमा २७, नवलपुरमा १८, गोरखामा आठ, तनहुँमा सात, लमजुङमा पाँच, स्याङ्जामा चार र पर्वतमा तीन सहकारी संस्था एकीकरण भएका हुन् ।

एकीकरण हुनेमा बचत तथा ऋण, बहुउद्देश्यीय, सञ्चार, कृषि, दुग्ध उत्पादक, उपभोक्ता, साना किसान सहकारी रहेका अर्यालले जानकारी दिए । ऐनमा व्यवस्था भएबमोजिम दुई वा सोभन्दा बढी सहकारी संस्था एकापसमा गाभिएर सञ्चालनमा आएका उनको भनाइ थियो ।

अर्यालका अनुसार एकीकरण गर्दा सम्बन्धित सहकारी संस्थाको कूल कायम रहेका सदस्य सङ्ख्याको बहुमतबाट निर्णय हुनुपर्नेछ भने एकीकरणको सर्त र कार्यविधि खुलाउनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इन्धनको मूल्य घट्यो, पेट्रोलको लिटरमै ७ रुपैयाँ

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट

बजेट नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी आउँछ: अर्थमन्त्री पुन

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले मंगलबार सार्वजनिक भएको सरकारको नीति तथा कार्यक्रमअनुसार नै आगामी

च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक

काठमाडौँ । प्रमुख अन्तर्राष्ट्रिय बजारहरूमा नेपालका हिमाली च्याङ्ग्रा पस्मिना निर्यात गर्न साना व्यवसायीहरूलाई

पर्सामा १० महिनामा ४३ करोडभन्दा बढी मूल्यका सामान बरामद

वीरगञ्ज (पर्सा) । जिल्ला प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको १० महिनामा ४३