निर्माण व्यवसायलाई धरासायी नबनाउन सरकारलाई आग्रह



काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण व्यवसायलाई धरासायी नबनाउन सरकारलाई आग्रह गरेको छ ।

महासङ्घले बिहीबार माइतीघरबाट संसद् भवनसम्म पदयात्रा गरी राजनीतिक नेतृत्वको गलत मनसायका कारण निर्माण व्यवसायीले समस्या भोग्नुपरेको बताएको हो ।

कार्यक्रममा महासङ्घका अध्यक्ष रवि सिंहले राजनीतिक नेतृत्वको गलत मनसाय र कर्मचारीको आफू टिकिरहनका लागि गरेको दुष्कर्म आफूहरूले भोग्नुपरेको बताए । उनले पूर्ववर्ती सरकारले गरेका गल्ती सच्याएर देश विकासका लागि सरकार सच्चिन आवश्यक रहेको बताए ।

अध्यक्ष सिंहले सार्वजनिक खरिद नियमावलीको पटक–पटकको संशोधनले पूर्वाधार विकासमा समस्या निम्त्याएको उल्लेख गरे । उनले सरकारले निर्माण व्यवसायीलाई देखाएर निर्माण व्यवसायीले समयमा काम गरेनन् भन्ने भ्रममात्रै सिर्जना गरेको बताए । निर्माण व्यवसायीलाई धरासायी बनाउने काम नगर्न सरकारलाई उनले आग्रहसमेत गरे ।

व्यवसायीले सार्वजनिक खरिद अनुगमनअघि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर्नुपर्ने, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर्नुपर्ने, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर्नुपर्ने भन्दै ‘गुणस्तर र समयमा निर्माण हाम्रो प्रतिबद्धता’, ‘उपभोक्ताबाट निर्माणकार्य गर्ने नियम खारेज गर’ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनमा पर्यटन प्रवर्द्धन गर्दै नाट्टा गण्डकी

  गण्डकी ।  नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदशेको आयोजनामा

शेयर बजारमा झिनो अंकको बृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार झिनो अङ्कले उकालो

आकर्षक र टिकाउ बेतका फर्निचरमा आकर्षण

धरान । धरान उपमहानगरपालिका–१० का ७० वर्षे रामबहादुर तामाङ बेतका फर्निचर बनाएर बिक्री

तराईको गर्मीमा पनि लटरम्म स्याउ

कैलाली । तराईको प्रचण्ड गर्मीमा स्याउ फल्यो भनेको सुन्दा अचम्म लाग्नसक्छ, तर कैलालीको