मालपोत कार्यालयबाट तीस करोड चौरासी लाख राजस्व सङ्कलन



दमौली । जिल्ला मालपोत कार्यालय तनहुँले आर्थिक वर्ष २०७९/८० मा तीस करोड ८४ लाख तीन हजार ५४ राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आवमा १३ करोड ८३ लाख ७४ हजार छ सय १० कम राजस्व सङ्कलन भएको सो कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा ४४ करोड ६८ लाख चार हजार छ सय ६४ राजस्व सङ्कलन भएको कार्यालयका सुब्बा एवं सूचना अधिकारी टीकाराम शर्मा घोरासाइनेले जानकारी दिए ।

आर्थिक वर्ष २०७९/८० मा रजिष्टे«शन दस्तुरबाट पन्ध्र करोड ८० लाख पाँच हजार चार सय सत्र, पुँजीगत लाभकर एघार करोड उनान्नचालिस लाख सन्ताउन्न हजार पन्ध्र, रोक्का दस्तुर धितोसमेत गरी तीन करोड अठार लाख सत्तरी हजार राजस्व सङ्कलन भएको थियो ।

त्यसैगरी नामसारी संशोधनबाट बैसठ्ठी लाख अठसठ्ठी हजार आठ सय सत्र, अन्य सेवाशुल्क र प्रशासनिक दस्तुर एघार हजार आठ सय पाँच राजस्व सङ्कलन भएको थियो । उनका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा कित्ताकाट रोकिएका कारण कारोबार घटेको थियो ।

सङ्कलित राजस्वमध्ये पुँजीगत लाभकर राजस्वबापत सङ्कलन भएको रु एघार करोड ३९ लाख ५७ हजार १५ सङ्घीय सरकारको खातामा पठाइने कार्यालय प्रमुख चिरञ्जीवी पौडेलले जानकारी दिए । बाँकी रहेको राजस्व रकममध्ये ६० प्रतिशत स्थानीय पालिका र ४० प्रतिशत गण्डकी प्रदेश सरकारको खातामा पठाइने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनमा पर्यटन प्रवर्द्धन गर्दै नाट्टा गण्डकी

  गण्डकी ।  नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदशेको आयोजनामा

शेयर बजारमा झिनो अंकको बृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार झिनो अङ्कले उकालो

आकर्षक र टिकाउ बेतका फर्निचरमा आकर्षण

धरान । धरान उपमहानगरपालिका–१० का ७० वर्षे रामबहादुर तामाङ बेतका फर्निचर बनाएर बिक्री

तराईको गर्मीमा पनि लटरम्म स्याउ

कैलाली । तराईको प्रचण्ड गर्मीमा स्याउ फल्यो भनेको सुन्दा अचम्म लाग्नसक्छ, तर कैलालीको