घट्टेखोला सिँचाइ आयोजनाले कुहुँको फाँट हराभरा



म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका-१ कुहुँमा घट्टेखोला सिँचाइ योजना निर्माण भएपछि सिँचाइको अभावमा वर्षौंदेखि बाँझो रहेको यहाँको फाँट हराभरा भएको छ ।

खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले चालु आर्थिक वर्षमा  २५ लाखको लागतमा सिँचाइका लागि पूर्वाधार निर्माण गरेपछि कुहुँमा सिँचाइ सुविधा विस्तार भएको हो ।

गत पाँच वर्षदेखि उक्त कार्यालयले सिँचाइका लागि पूर्वाधार निर्माणको काम थालेको थियो । यस वर्ष अपुग भएको ठाउँमा सिँचाइ सुविधा विस्तार गरिएको घट्टेखोला सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष गोविन्द खत्रीले जानकारी दिए ।

उनका अनुसार यस वर्ष २५ ठाउँमा चेम्बर निर्माण गरी तीन हजार तीन सय मिटर पाइपलाइन विस्तार गरिएको छ । उक्त आयोजनाबाट कुहुँको भलाबोट, अनबाङ, रातमाटा, सिरानचौर, मजुवा, खोर, ओढारमुनि, बाटुले, काप्रा, हिलेटाउका, पातलेगरा, धाप, बाइसआनालगायत फाँटमा सिँचाइको सुविधा पुगेको छ ।

सिँचाइ आयोजना निर्माण भएपछि यहाँका कृषकलाई खेती गर्न सहज भएको छ । सिँचाइको अभावमा आफ्ना खेतीयोग्य जमिन बाँझै राख्न बाध्य भएका यहाँका बासिन्दालाई सिँचाइ आयोजना निर्माण भएपछि हरेकको खेतबारीमै पानीको सुविधा पुगेको उपभोक्ता समितिका अध्यक्ष खत्रीले बताए ।

आयोजना निर्माण भएपछि बर्खायाममा धान रोपाइँ र हिउँदयाममा फलफूल र हिउँदे खेतीमा सिँचाइ गर्न सुविधा पुगेको स्थानीयवासी प्रितम पुनले बताए ।

‘सिँचाइ नहुँदा व्यावसायिक कृषि खेती गर्न सम्भव थिएन, अहिले परम्परागत खेतीबाट व्यावसायिक बन्न सिँचाइ सुविधाले ठूलो राहत दिएको छ, कृषकका खेतबारीमै पानी आउने भएकाले बर्खा र हिउँदमा बोटबिरुवा र खेतीमा सिँचाइ गर्न सजिलो भएको छ’, उनले भने ।

घट्टेखोला सिँचाइ आयोजनाबाट २५ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको डिभिजन कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए । यता जिल्लाको बेनी नगरपालिका–२ बगरफाँटमा सिँचाइ कुलो मर्मत नहुँदा किसानलाई सास्ती भएको छ ।

विसं २०४२ मा रु २० लाखको लागतमा निर्माण भएको दूधेखोला बगरफाँट सिँचाइ कुलो जीर्ण भएर ठाउँठाउँमा भत्किएकाले बगरफाँटवासीलाई हिउँदमा सिँचाइ गर्न र वर्षामा खेत रोप्नसमेत समस्या भएको बगरफाँटका बासिन्दाले गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगानी सम्मेलन कस्तो भयो ? लगानीबोर्डका सिइओ सुशील भट्टलाई आठ प्रश्न

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु गरेको छ । लगानी

रारामा अष्ट्रेलियन कम्पनीले एक अर्ब भन्दाबढी लागतमा लक्जरी रिसोर्ट बनाउने समझदारी

काठमाडौँ । मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौँ: अर्थमन्त्री पुन

काठमाडौँ ।  अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्यरुपमा सफल भएको बताएका

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने आपूर्तिमन्त्री भण्डारीको विश्वास

  काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र चीनको स्वशासित