बजेट खर्चमा सातै प्रदेश कमजोर, तीन खर्ब ६ अर्बमध्ये एक खर्ब ५१ अर्ब मात्र खर्च



 

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्म प्रदेशहरूको बजेट खर्च आधा मात्रै देखिएको छ । चालु आर्थिक वर्षका लागि प्रदेशहरूले ल्याएको बजेटको आकार रू तीन खर्ब छ अर्बमध्ये जेठ मसान्तसम्म एक खर्ब ५१ अर्ब ३० करोड बराबर खर्च गरेको देखिन्छ । जुन कुल वार्षिक विनियोजन बजेटको ४९ दशमलव ४५ प्रतिशत हो ।

महालेखा नियन्त्रक कार्यालयले उपलब्ध गराएको प्रदेशहरुको बजेट खर्चसम्बन्धी तथ्याङ्कअनुसार ११ महिनामा सबैभन्दा धेरै कोशी प्रदेशले ६१ दशमलव ४१ प्रतिशत र सबैभन्दा कम मधेश प्रदेशले ३६ दशमलव २५ प्रतिशत बजेट खर्च गरेका छन् ।

सो अवधिमा बागमती प्रदेशले ५० दशमलव ६२ प्रतिशत, गण्डकी प्रदेशले ४८ दशमलव १९ प्रतिशत, लुम्बिनी प्रदेशले ५५ दशमलव ५४ प्रतिशत, कर्णाली प्रदेशले ४५ दशमलव ६० प्रतिशत र सुदूरपश्चिम प्रदेशले ४८ दशमलव ५४ प्रतिशत बजेट खर्च गरेको देखिन्छ । सो अवधिमा चालुतर्फको औसत खर्च ५५ दशमलव ६८ प्रतिशत र पुँजीगततर्फको औसत खर्च ४६ दशमलव ११ प्रतिशत छ ।

कोशी प्रदेश
कोशी प्रदेशले चालु आर्थिक वर्षका लागि कुल  ३९ अर्ब ९१ करोडको बजेट ल्याएकोमा जेठ मसान्तसम्ममा २४ अर्ब ५१ करोड बराबर खर्च भएको छ । प्रदेशले चालुतर्फ ७० प्रतिशत र पुँजीगततर्फ ५५ प्रतिशत खर्च गरेको छ । चालु आवका चालुतर्फ १६ अर्ब ६२ करोड र पुँजीगततर्फ  २३ अर्ब २९ करोड छुट्याइएमा जेठ मसान्तसम्ममा कोशी प्रदेशले चालुतर्फ ११ अर्ब ६५ करोड र पुँजीगततर्फ रू १२ अर्ब ८६ करोड खर्च भएको छ ।

मधेश प्रदेश
अन्य प्रदेशको तुलनामा मधेश प्रदेशको बजेट खर्च सबैभन्दा कम छ । चालु आर्थिक वर्षका लागि कुल ४६ अर्ब ९८ करोड बराबरको बजेट ल्याएकोमा जेठ मसान्तसम्ममा  १७ अर्ब तीन करोड खर्च भएको छ । जुन वार्षिक विनियोजनको ३६ दशमलव २५ प्रतिशत बराबर हो ।

मधेश प्रदेशले ११ महिनामा चालु शीर्षकमा ३३ प्रतिशत र पुँजीगत शीर्षकमा ३८ दशमलव ३४ प्रतिशत बजेट खर्च गरेको छ । चालुतर्फ  २० अर्ब ८० करोड बजेट रहेकोमा  ६ अर्ब ९९ करोड ६७ लाख मात्रै खर्च भएको छ । त्यस्तै, पुँजीगत शीर्षकमा  २६ अर्ब १८ करोड बजेट रहेकोमा विनियोजनको ३८ प्रतिशत अर्थात्  १० अर्ब चार करोड खर्च भएको छ ।

बागमती प्रदेश
बागमती प्रदेशले चालु आर्थिक वर्षका लागि  ७० अर्ब ९३ करोड ९२ लाखको बजेट ल्याएकोमा जेठ मसान्तसमममा ५० दशमलव ६२ प्रतिशत अर्थात् ३५ अर्ब ९१ करोड बजेट खर्च गरेको छ । यस अवधिसम्ममा बागमती प्रदेशको बजेट खर्च चालु शीर्षकमा ६१ दशमलव ६१, पुँजीगत शीर्षकमा ४६ प्रतिशत र वित्तीय व्यवस्थापन शीर्षकमा ३० प्रतिशत बराबर छ । चालु शीर्षकमा  २६ अर्ब ८४ करोड बराबर बजेट रहेकोमा  १६ अर्ब ५३ करोड, पुँजीगत शीर्षकमा  ४२ अर्ब नौ करोड बजेट छुट्याइएकोमा  १९ अर्ब ३७ करोड र वित्तीय व्यवस्थापन शीर्षकमा रू दुई अर्ब बजेट छुट्याइएकोमा  ६० करोड खर्च भएको छ ।

गण्डकी प्रदेश
जेठ मसान्तसम्ममा गण्डकी प्रदेशको बजेट खर्च ४८ प्रतिशत बराबर छ । यो प्रदेशले चालु आर्थिक वर्षका लागि  ३५ अर्ब ९० करोड ९० लाख बराबरको बजेट ल्याएकोमा गत जेठ मसान्तसम्ममा  १७ अर्ब ३० करोड बराबर खर्च गरेको हो । यो प्रदेशले हालसम्म चाल शीर्षकमा ५४ र पुँजीगत शीर्षकमा ४५ दशमलव ८२ प्रतिशत बजेट खर्च गरेको छ ।

चालु शीर्षकमा  १२ अर्ब ८० करोड ९३ लाख बराबरको बजेट ल्याइएकोमा जेठ मसान्तसम्ममा  ६ अर्ब ९५ करोड र पुँजीगत शीर्षकमा  २२ अर्ब ५९ लाख बजेट छुट्याइएकोमा  १० अर्ब ३५ करोड बराबर बजेट खर्च भएको छ । वित्तीय व्यवस्थापन शीर्षकमा  ५० करोड बजेट छुट्याएको यो प्रदेशको उक्त शीर्षकको खर्च भने शून्य छ ।

लुम्बिनी प्रदेश 
लुम्बिनी प्रदेशको बजेट खर्च चालु आवको जेठ मसान्तसम्म  २३ अर्ब ७३ करोड बराबर छ । जुन चालु आर्थिक वर्षका लागि यो प्रदेशले छुट्याएको कुल विनियोजनको ५५ दशमलव ५४ प्रतिशत बराबर हो ।

चालु आर्थिक वर्षका लागि लुम्बिनी प्रदेशले कुल  ४२ अर्ब ७३ करोड बराबरको बजेट ल्याएको थियो । चालु शीर्षकमा  १७ अर्ब ९४ करोडको बजेट ल्याइएकोमा ६१ दशमलव २० प्रतिशत अर्थात्  १० अर्ब ९८ करोड र पुँजीगत शीर्षकमा  २४ अर्ब ७९ करोडको बजेट ल्याइएकोमा ५१ दशमलव ४५ प्रतिशत अर्थात्  १२ अर्ब ७५ करोड बराबर खर्च भएको छ ।

कर्णाली प्रदेश
कर्णाली प्रदेशले चालु आवको जेठ मसान्तसम्म ४५ दशमलव ६० प्रतिशत बजेट खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि कुल  ३२ अर्ब ७४ करोड बराबरको बजेट ल्याएको कर्णाली प्रदेशले यो अवधिसम्ममा  १४ अर्ब ९३ करोड बराबर बजेट खर्च गरेको देखिन्छ ।

चालु शीर्षकमा ५३ दशमलव ६४ प्रतिशत र पुँजीगत शीर्षकमा ४० दशमलव २५ प्रतिशत बजेट खर्च भएको देखिन्छ । कर्णाली प्रदेशले चालु शीर्षकमा चालु आवका लागि  १३ अर्ब आठ करोड बराबर विनियोजन गरेकोमा  सात अर्ब एक करोड र पुँजीगत शीर्षकमा  १९ अर्ब ६६ करोड विनियोजन गरेकोमा  सात अर्ब ९१ करोड बराबर खर्च गरेको छ ।

सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशले चालु आर्थिक वर्षका लागि  ३६ अर्ब ७९ करोड बराबरको बजेट ल्याएकोमा जेठ मसान्तसम्ममा ४८ दशमलव ५४ प्रतिशत अर्थात्  १७ अर्ब ८६ करोड बराबर खर्च गरेको छ ।

प्रदेशले चालु शीर्षकमा  १२ अर्ब २५ करोड विनियोजन गरेकोमा ५५ दशमलव ३२ प्रतिशत अर्थात्  ६ अर्ब ७८ करोड खर्च गरेको छ । पुँजीगत शीर्षकमा रू २४ अर्ब २३ करोड विनियोजन भएकोमा ४५ दशमलव ७१ प्रतिशत अर्थात् रू ११ अर्ब सात करोड बराबर खर्च गरेको छ । वित्तीय व्यवस्थापन शीर्षकमा  ३० करोड बजेट छुट्याएको सुदूरपश्चिम प्रदेशले चालु आर्थिक वर्षको ११ महिना अवधिसम्ममा उक्त रकम खर्च गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रारामा अष्ट्रेलियन कम्पनीले एक अर्ब भन्दाबढी लागतमा लक्जरी रिसोर्ट बनाउने समझदारी

काठमाडौँ । मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौँ: अर्थमन्त्री पुन

काठमाडौँ ।  अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्यरुपमा सफल भएको बताएका

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने आपूर्तिमन्त्री भण्डारीको विश्वास

  काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र चीनको स्वशासित

कांग्रेस उम्मेदवारलाई पराजित गर्दै बझाङमा एमालेका दमनबहादुर भण्डारी निर्वाचित

बझाङ । बझाङमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी प्रदेशसभा सदस्यमा विजयी भएका छन्