बजेट एकात्मकतावादी : सांसद गुरुङ



काठमाडौँ । नेकपा एमालेका सांसद पृथ्वीसुब्बा गुरुङले बजेट नारा र निबन्धमा राम्रो भएपनि सही मार्ग समात्न नसकेको बताएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद गुरुङले बजेट निर्माणमा सरकार गलत बाटो हिँड्न खोजेको बताएका छन् ।

वित्तीय संघीयताको प्रबन्ध गरेर संघीयतालाई सबल गर्छौं भनेर बजेटमा लखिएको भएपनि त्यस अनुसारको बजेट नआएको उनले बताए । उनले भने, ‘नारा र निबन्धको हिसाबले त यो सबैभन्दा राम्रो बजेट हो तर यसले हिँड्न खोजेको बाटो गलत छ ।’

उनले बजेटले ७५३ वटा सरकार छन् भन्ने भुलेको र बजेट एकात्मकतावादी भएर आएको बताए । उनले भने, ‘अधिकार पाउने कुराको हिसाब गर्दा यो बजेटलाई पंचायतकालीन बजेटको पुनरावृति भयो भन्न सकिन्छ ।’

उनले मुलुकमा राष्ट्रिय पुँजी विकास गरेमा मात्रै आगामी दिनमा आइपर्ने समस्याको सामना गर्न सकिने बताए । उनले भने, ‘कुनै महामारी आयो भने राज्य असफल हुन्छ । कोभिड महामारीमा युरोप, अमेरिका असफल भयो । त्यसको तुलनामा सिंगापुर चीन, भियतनाम सफल देखिए । राष्ट्रिय पुँजी भएको मुलक सफल देखियो । यसतर्फ यो बजेट जान सकेन ।’

मुलुकमा रहेको लैंगिक, क्षेत्रीय, वर्गीय, जातीय असमानता अन्त्य गर्नका लागि यो बजेटले कुनै पनि दिशा समात्न नसकेको उनले बताए । उनले बजेटको संरचना हेर्दा राजश्वको संरचना कर प्रणालीमा कुनै परिवर्तन नभएको बताए । उनले भने, ‘भन्सार राजश्वमा रमाउने सरकार, कमिसनतन्त्रमा रमाउने व्यापारिक क्षेत्रले मुलुकको अर्थतन्त्रको विकासमा टेवा पुर्याउन सक्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग

काठमाडौँ । उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी मान्यता दिन माग गरेका छन्

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

सरकारले तोक्यो चैते धानको मूल्य

काठमाडौँ ।  सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ ।  मन्त्रिपरिषद्को बिहीबारको बैठकले

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका