प्रधानमन्त्रीद्वारा लुम्बिनी केबुलकारको उद्घाटन



बुटवल । बुटवलको बमघाटबाट पाल्पाको तिनाउ गाउपालिका ३ वसन्तपुरडाँडासम्म जोड्ने गरी बनाईएको लुम्बिनी केबुलकारको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् ।

बिहीबार प्रधानमन्त्रीले पाल्पाको तिनाउ गाउपालिका वडा नम्बर ३ वसन्तपुरडाँडाँमा रहेको टप स्टेशनबाट केवलकार उद्घाटन गरेका हुन् । केवलकारको उद्घाटन गर्न आयोजित विशेष समारोहमा प्रधानमन्त्रीसँगै पुर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री डिल्लीबहादुर चौधरी लगायतका नेताहरु, संघीय र प्रदेश सांसदहरु, बुटवल र तिनाउका जनप्रतिनिधिहरु,यस क्षेत्रका उद्योगी व्यवसायी र सर्वसाधारण सहभागी भएका थिए ।

नेपाल उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्र ढकालसहित रुपन्देहीका उद्योगीहरुको साढे ३ अर्ब लगानीमा निर्मित लुम्बिनी केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो ।

बुटवल–३ बमघाटमा बटम स्टेशन र पाल्पाको तिनाउ गाउंपालिका–३ वसन्तपुरमा टप स्टेशन रहेको केबलकारको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १ गते गरेका थिए । आन्तरिक र भारतीय पर्यटकलाई लक्षित गर्दै बनेको केबलकारको टप स्टेशनमा कामाख्यादेवीको आकर्षक मन्दिर सहितका धार्मिक संरचनाहरु बनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारका अमिरको भ्रमणबाट पर्यटन व्यवसायी उत्साहित

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

चिया निर्यातमा हट्यो भारतीय अवरोध, १७ वटा नेपाली ट्रक भन्सार पास

झापा । भारतीय भन्सारले पाँच दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात बुधबारदेखि खुला

धनकुटाको कोसेली नरिवल बिस्कुट

धनकुटा । के तपाईँ धनकुटा पुग्नुभएको छ ? यदि पुग्नुभएको छ भने अवश्य

शेयर बजारमा झिनो अंकको बृद्धि

काठमाडौं । शेयर बजार नेप्से झिनो अंकले बढेको छ । बुधबार नेप्से शून्य