टिम्सले पर्वतीय पर्यटनलाई थप सुरक्षित बनाउने टानको विश्वास



काठमाडौं । ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स)को नयाँ मापदण्डले पदयात्रा तथा पर्वतीय पर्यटनलाई थप सुरक्षित बनाउन सहयोग पुग्ने बताएको छ ।

टानका अध्यक्ष नीलहरि बाँस्तोलाले शनिबार विज्ञप्ति जारी गरी भर्खरै सरकारले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) लाई व्यवस्थित गर्ने सम्बन्धी मापदण्ड–२०७९ ल्याएको र उक्त मापदण्डले नेपालको पदयात्रा तथा पर्वतीय पर्यटनलाई थप सुरक्षित बनाउन सहयोग पुग्ने बताएका हुन् ।

“नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको बैठकले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स)लाई व्यवस्थित गर्ने सम्बन्धी मापदण्ड–२०७९ जारी गरिएकामा टान नेपाल पर्यटन बोर्डको सो निर्णयको स्वागत गर्दछ”, अध्यक्ष बाँस्तोलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उनले विश्व पर्यटन बजारमा नेपाललाई सुरक्षित गन्तव्यका रुपमा चिनाउने यस क्षेत्रलाई थप गुणस्तरीय र प्रतिस्पर्धी बनाउने, पर्वतीय पर्यटन क्षेत्रमा संलग्न उद्यमी तथा व्यवसायीको आत्मविश्वास बढाइ थप लगानी गर्न आकर्षित गर्ने र उल्लेख्य रुपमा रोजगारी वृद्धि गर्न टिम्सले सहयोग पुग्ने बताए ।

पर्वतीय पर्यटनद्वारा राज्यको कूल ग्रार्हस्थ्य उत्पादनमा पुर्याउने योगदानलाई वृद्धि हुने विश्वास टानले लिएको छ । अध्यक्ष बाँस्तोलाले पर्यटनलाई सुरक्षित, मर्यादित, व्यवसायीमैत्री, रोजगारमूलक र दिगो बनाउन आवश्यक पर्ने नीतिगत सुधारका लागि टानले विगत लामो समयदेखि काम गर्दै आएको र आगामी दिनमा पनि गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको चहलपहल बढ्दो

बर्दिया । गर्मी मौसम सुरु भएसँगै बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको

आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ  : पूर्वअर्थमन्त्री शर्मा

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले पछिल्लो १० वर्षका बजेटको समीक्षा गर्ने प्रस्ताव गरेका

करका दर वैज्ञानिक रुपमा प्रस्ताव गरिएको छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमा राजस्वका दर वैज्ञानिक

व्यापार घाटा  १२ खर्ब चार अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा कूल वस्तु व्यापार घाटा १५ दशमलवनौ