नेप्सेमा दोहोरो अंकको गिरावट



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसूचक २६.८७ अंकले घटेको हो । आइतबार नेप्से परिसुचक १८८८.२७ को विन्दुमा  झरेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५ अङ्कले घटेर ३५६ विन्दुमा पुगेको छ।

यसअघि गत साताको कारोबारको अन्तिम दिन बिहीबार पनि सेयर बजार ओरालो लागेको थियो । सोदिन नेप्से परिसूचक १८.१५ अंकले घटेर १९१५.१४ बिन्दुमा आएर रोकिएको थियो  । बिहिबार १ अर्ब ४१ करोड रुपैयाँ भन्दाबढीको कारोबार भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार कूल २५९ कम्पनीको ३७ लाख ५४ हजार ३३४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २८ करोड रुपैयाँ भन्दाबढीको कारोबार भएको छ।  नेप्से सुचकमा १९ कम्पनीमा वृद्धि भएको छ । १९३ कम्पनीमा ओरालो लागेको र २ कम्पनी स्थिर रहेको छ ।

त्यस्तै, शीर्ष स्थानमा रहेको हिमालय डिस्टिलरीको सर्वाधिक सेयरकारोबार भएको छ । उक्त कम्पनीको ८ करोड ६२ लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको हो । यसैगरी कारोबारको आधारमा एनआइसि एशिया बैंक भने दोश्रो स्थानमा रहेको छ। यसको आज ७ करोड ९५ लाख भन्दाबढीको कारोबार भएको छ।

आइतबार सबै उपसुचकहरु राताम्मै भएको छ । सबैभन्दा धेरै म्युचुअल फण्ड ४.७७ प्रतिशत र माइक्रोफाइनान्सको ३.८५ प्रतिशतले ओरालो लागेको छ।

आइतबार मायाखोला हाइड्रोपावर कम्पनीको र एसियन हाइड्रोपावरका १० प्रतिशतको सेयर कारोबार भएको छ। यि कम्पनीहरुले सर्वाधिक कमाएका छन् । यसैगरी कालिन्चोक दर्शन ६ प्रतिशत, गुरास लाईफ इन्सयोरेन्सको ४.२६ प्रतिशत र सिद्धार्थ इक्विटि फण्डको ३.९० प्रतिशतको कारोबार भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग

काठमाडौँ । उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी मान्यता दिन माग गरेका छन्

सरकारले तोक्यो चैते धानको मूल्य

काठमाडौँ ।  सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ ।  मन्त्रिपरिषद्को बिहीबारको बैठकले

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

  काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार भने उकालो

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत