शेयर बजारमा उच्च अंकको गिरावट



काठमाडौं । शेयर बजार नेप्से बिहीवार उच्च अङ्कले घटेको छ । बुधबार २४ दशमलव ४४ अङ्कले घटेको नेप्से बिहीबार २६ दशमलव ४७ अङ्कले घटेर १ हजार ९ सय ६९ दशमलव ०२ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा बीमा, लघुवित्त, जलविद्युत् र व्यापार समूहको शेयर उच्च अङ्कले घटेको छ । आज २ सय ५६ वटा कम्पनीको ३६ लाख ५७ हजार कित्ता शेयर एक अर्ब ३३ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ८ करोड १२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै ग्लोबल आईएमई लघुवित्तको शेयर ७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि बुद्धभूमि नेपाल जलविद्युत् कम्पनी र युनिक नेपाल लघुवित्तको शेयर ४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्पादित कफी सहकारीले किनेपछि कृषक उत्साहित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी सहकारीले खरिद गर्न

दीर्घकालीन रणनीति सुधार्दै पर्यटन मन्त्रालयः भ्रमण दशक कार्यान्वयनदेखि द्विपक्षीय हवाई सेवा सम्झौतासम्म

सिबी अधिकारी, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका बद्रीप्रसाद

‘अनुदान भन्दापनि प्रोत्साहन ठूलो रहेछ’

इलाम। इलामको सूर्योदय नगरपालिकाले २०७६ साउन ४ गते अगुवा अग्र्यानिक तरकारी कृषकका रुपमा

नवलपुरमा किसानको तोरी खेतीप्रति आकर्षित बढ्दो

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसान तोरी खेतीमा आकर्षित भएका छन् ।