डडेल्धुराका किसानलाई किवी भण्डारणको समस्या



डडेल्धुरा । डडेल्धुराका किसानले किवी फल बिक्री गरी मनग्य आम्दानी गरिरहेका छन् । किवीबाट किसानले वार्षिक लाखौँ रकम आम्दानी गर्न सफल भएका छन् ।

जिल्लाको गन्यापधुरा, आलिताल गाउँपालिका र अमरगढी नगरपालिकाका केही गाउँमा व्यावसायिकरुपमा किवीखेती गर्न थालिएको छ ।

किवी फल मुटुरोग, उच्च रक्तचाप घटाउन, पाचन प्रक्रिया सहज बनाउन, शारीरिक तौल घटाउन, छालाको रोग हटाउन, दृष्टि बढाउन, क्यान्सर रोग निको पार्नलगायतमा उपभोगी मानिएको छ ।

अमरगढी नगरपालिका–१ दहका गणेशबहादुर ऐरले ३० लाखको लगानीमा १० रोपनीमा किवीखेती गर्दै आएका छन् । वार्षिक ४० क्विन्टल किवी उत्पादन गरी पर्याप्त आम्दानी गरिरहेको उनी बताउँछन् ।

पहाडी भूगोलको किवी बढी गुणस्तरीय हुने भएकाले डडेल्धुराको किवी तराई र काठमाडौँसम्म बिक्री भइरहेको छ ।

तर किसानलाई उत्पादन भएको किवी भण्डारण गर्न समस्या भएको छ । भण्डार समस्याबाट जिल्लाका करिब ६० किसान मर्कामा परेका छन् ।

जिल्लामा एउटा मात्र शीतभण्डार छ । त्यसमा पनि आलु भण्डारण गर्ने गरिएको छ । शीतभण्डारका लागि कृषि ज्ञान केन्द्र डडेल्धुराले सुदूरपश्चिम प्रदेशको कृषि मन्त्रालयसित छलफल गरिरहेको छ ।

डडेल्धुरामा किवी भण्डारणका लागि शीतभण्डार निर्माणको पहल भइरहेको कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमुख रामचन्द्र भट्टले जानकारी दिए ।

डडेल्धुराबाट उत्पादन हुने किवी फलको बजार खुद्रा मूल्य प्रतिकिलो पाँच सय रुपैयाँ रहेको छ । अहिले दुई सय ५० देखि तीन सय रुपैयाँसम्ममा बिक्री भइरहेको किसान बेदप्रकाश भट्टले बताए ।

“किवीका उपभोक्ता बढेका छन्, घरमै किन्न आउने भएकाले यसको उत्पादनतर्फ अरु किसान आकर्षित भएका छन्”, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुई वर्षभित्र पाँच सय मेगावाट उत्पादन गर्ने प्रोजिल इनर्जीको लक्ष्य

  काठमाडौं । सरकारले हरित ऊर्जा विकासलाई सहज बनाउन यस क्षेत्रमा देखापरेका प्रक्रियागत

सङ्खुवासभाबाट एक अर्ब बढीको अलैँची निर्यात

सङ्खुवासभा। चालु आर्थिक वर्षमा सङ्खुवासभाबाट एक अर्ब बढी मूल्यको अलैँची निर्यात भएको छ।

सिमेन्टमा मूल्यवृद्धिको विवाद चाँडै टुङ्गिन्छः मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सिमेन्टमा मूल्यवृद्धि भएको विषयप्रति मन्त्रालयले

सरकारलाई लेखा समितिको निर्देशनः सिमेन्टको मूल्य बढ्नुको कारण सात दिनभित्र पेस गर्नु

काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य बढेको विषयमा विस्तृत अध्ययन गरी