सुन तोलाको दुई सय रुपैयाँले बढ्यो



काठमाडौं । सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सय रुपैयाँले बढेको छ ।

अघिल्लो दिन प्रतितोला एक लाख चार हजार छ सयमा कारोबार भएको सुनको मूल्य बुधबार एक लाख चार हजार आठ सय तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन एक लाख चार हजार एक सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार तीन सय १५ तोकिएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेप्सेमा दोहोरो अंकको गिरावट, दुई अर्ब १० करोडको कारोबार

  काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि ओरालो

एक रुपैयाँ बचतबाट बन्यो आठ करोडको पुँजी

  तनहुँ । सुन्दा पत्यार नलाग्न सक्ला तर एक रुपैयाँ बचतले  आठ करोडको

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष

काठमाडौँ । कोरोना महामारीका कारण थलिएको नेपालको पर्यटन क्षेत्र वर्ष २०८० मा सुधारोन्मुख

तोलामा १ हजार सात  सय रुपैयाँले बढ्यो सुनको मूल्य

  काठमाडौँ ।  स्थानीय बजारमा पहेँलो धातु (सुन)को मूल्य मंगलबार प्रतितोला  एक हजार