६ महिनामा भित्रियो ५ खर्ब ८५ अर्ब रेमिट्यान्स



काठमाडौं । विदशी मुद्राको सञ्चिति बढ्दा शोधनान्तर ९७ अर्बले बचतमा गएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको स्थिति अनुसार ६ महिनामा विदेशी मुद्रा सञ्चिति १० अर्ब ३० करोड अमेरिकी डलर रहेको छ । गतवर्ष पुस मसान्तसम्म शोधनान्तर दुई खर्ब ४१ अर्बले घाटामा थियो ।

शोधनान्तर बचतमा गए पनि चालु खाता भने २९ अर्ब ४७ करोडले घाटामा नै रहेको छ । गतवर्षको तुलनामा भने चालु खाता घाटामा सुधार आएको हो । गतवर्ष चालु खाता ३ खर्ब ५२ अर्ब १६ करोडले घाटामा रहेको थियो । रेमिट्यान्स बढेको तथा आयात घटेको कारण शोधनान्तरमा सुधार आएको हो ।

चालु आर्थिक वर्षको ६ महिनामा आयात २०.७ प्रतिशतले, निर्यात ३२.० प्रतिशतलेर कुल वस्तु व्यापार घाटा १९.२ प्रतिशतले घटेको छ । सरकारले पुस मसान्तसम्म आयातमा प्रतिबन्ध लगाएको थियो । आयातमा प्रतिबन्ध तथा कतिपय वस्तुको आयातमा नगद मार्जिनको व्यवस्थाले विदेशी सञ्चितिमा सुधार भएको हो ।

सरकारले माघदेखि आयात प्रतिबन्ध हटाएको छ भने नगद मार्जिनको व्यवस्थासमेत हटेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २४.३ प्रतिशतले र अमेरिकी डलरमा १३.९ प्रतिशतले बढेको छ । विदेशी सञ्चिति पर्याप्तता सूचकको आधारमा आर्थिक वर्ष २०७९/८० को ६ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १०.४ महिनाको वस्तु आयात र ९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष २०७९/८० को ६ महिनामा कुल वस्तु निर्यात ३२.० प्रतिशतले कमी आई ८० अर्ब ८१ करोड कायम भएको छ । आर्थिक वर्ष २०७९/८० को छ महिनामा कुल वस्तु आयात २०.७ प्रतिशतले कमी आई ७ खर्ब ९२ अर्ब ६७ करोड कायम भएको छ ।
६ महिनामा भित्रियो ५ खर्ब ८५ अर्ब रेमिट्यान्स
चालू आर्थिक वर्षको ६ महिना अवधीमा ५ खर्ब ८५ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधीभन्दा २४.३ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले वृद्धि भई ४ अर्ब ५० करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ५.७ प्रतिशतले घटेको थियो ।

६ महिना अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ६४.६ प्रतिशतले वृद्धि भई २ लाख ७५ हजार ६४३ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ९.५ प्रतिशतले वृद्धि भई १ लाख ४२ हजार ५४८ पुगेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शेयर बजारमा झिनो अंकको बृद्धि

काठमाडौं । शेयर बजार नेप्से झिनो अंकले बढेको छ । बुधबार नेप्से शून्य

कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?

काठमाडौं । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११

कर्णाली प्रदेशमा माओवादीका रणसिंह परियार मन्त्री नियुक्त

कर्णाली । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका रणसिंह परियार विनाविभागीय मन्त्री नियुक्त भएका

कतारका अमिर नेपालमा ऊर्जा, यातायात र कृषि क्षेत्रमा सहकार्य गर्न सकारात्मक

काठमाडौँ ।  नेपाल र कतारबीच लगानी एवं सहकार्यका विविध क्षेत्रमा सहजीकरण गर्नका लागि