बिपिडब्लु लघुवित्तको आइपिओ खुला



काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तिय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयर निष्काशन गरेको छ ।

कम्पनीले आजदेखि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीका लागि साधारण शेयर बिक्री खुला गरेको हो ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित दरमा नौ हजार सात सय कित्ता साधारण शेयर प्राथमिक सार्वजनिक निष्कासन(आइपिओ) बिक्री खुला गरेको सार्वजनिक आह्वानपत्रमा उल्लेख छ ।

निष्काशित शेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आगामी फागुन ८ गतेसम्म अधिकतम एक हजार कित्तासम्म शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सि आस्वा’ प्रणालीअनुसार तथा अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर शेयर खदिरको आवेदन दिन सकिन्छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवद्र्धक मेगा क्यापिटल मार्केटस् लिमिटेड रहेको छ भने कम्पनीलाई इक्रा नेपालले ‘इक्राएन्पी आईआर बिबी माइनस्’ प्रमाणपत्र प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लक्ष्यअनुसार उठेन विमानस्थलको भन्सार राजस्व

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा करिब 

शेयर बजारमा २२ अंकको बृद्धि

काठमाडौं । शेयर बजार नेप्से सोमबार दोहोरो अंकले बढेको छ । सोमबार नेप्से

फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी

काठमाडौं । सरकारले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गरी स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउने

रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौँ । सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै