सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक तत्काल अघि बढाइने



काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई फास्ट ट्रयाकमा अघि बढाइने भएको छ ।

अर्थ मन्त्रालयमा मंगलबार बसेको सम्पत्ति शुद्धीकरण सम्बन्धी राष्ट्रिय पुनरावलोकन परिषद्को बैठकले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई फास्ट ट्रयाकमा अघि बढाउने निर्णय गरेको हो ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आइतबारसम्म विधेयकको मस्यौदालाई मन्त्रिपरिषद्मा पेश गर्ने र मन्त्रिपरिषद्ले फास्ट ट्रयाकमा सङ्घीय संसद्मा पठाउने बताए ।

सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रावधानको प्रभावकारीरुपमा कार्यान्वयनमा ध्यान दिने उल्लेख गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले अन्तर्राष्ट्रियरुपमा नेपालको छवि बिग्रन नदिने बताए ।

बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान, मुख्य सचिव शङ्करदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, विभिन्न मन्त्रालयका सचिवहरूको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लक्ष्यअनुसार उठेन विमानस्थलको भन्सार राजस्व

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा करिब 

शेयर बजारमा २२ अंकको बृद्धि

काठमाडौं । शेयर बजार नेप्से सोमबार दोहोरो अंकले बढेको छ । सोमबार नेप्से

फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी

काठमाडौं । सरकारले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गरी स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउने

रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौँ । सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै