कैलालीमा करोडौँ लगानीमा निर्माण भएको केरा पकाउने च्याम्बर बन्द



टीकापुर । कैलालीको टीकापुरमा करोडौँ लगानीमा निर्माण भएको केरा पकाउने च्याम्बर बन्द भएको छ । तीन करोड ५६ लाख, ३६ हजारको लागतमा बनाइको च्याम्बर गत वर्षसम्म कहिलेकाहीँ सञ्चालनमा आए पनि यस वर्ष भने केराको याम सकिन लाग्दासमेत बन्द छ ।

आफ्नै गाउँठाउँमा केरा पकाउने च्याम्बर निर्माण हुँदा खुसी भएका यहाँका केरा किसानदेखि उपभोक्ता अहिले च्याम्बर बन्द भएपछि निरास भएका छन् । च्याम्बर बन्द भएपछि यहाँका नागरिकले विषादी प्रयोग नभएको केरा खान पाउने अधिकार कुण्ठित भएको स्थानीयवासी काशीराम कार्कीेले बताए ।

“च्याम्बर सञ्चालनपछि नागरिकले विषादी प्रयोग नभएको केरा खान पाइरहेका थिए । च्याम्बरमा पकाएको केरा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भनिन्थ्योे”, उनले भने, “च्याम्बर बन्द भएपछि बजारभरि विषादी हालेर पकाएको केरा उपलब्ध छ तर करोडौँको लगानी खेर गएको छ ।”

केरा पकाउने च्याम्बर सञ्चालनमा आएको भए यहाँका केरा उत्पादक किसानले आफ्नै ठाउँमा राम्रो मूल्य पाउथे । केरा उत्पादक सङ्घका जिल्ला अध्यक्ष दीपेन्द्र थारुले च्याम्बर सञ्चालनमा नआउँदा व्यापारी, उपभोक्तालगायत सबैलाई घाटा भएको बताए ।

“केराका व्यापारीले अलि लामो समयसम्म च्याम्बरमा राखेको आकर्षक केरा बेच्न पाउँथे र उपभोक्ताले पनि स्वस्थ केरा खान पाउँथे”, उनले भने, “च्याम्बर बन्द हुँदा केरा व्यवसायी, व्यापारी र उपभोक्ता सबैलाई मार परेको छ । च्याम्बरमा पकाइएको केरा एक सातासम्म राख्न सकिन्थ्यो, विषादी प्रयोग गरेको केरा दुई दिनमै सड्छ ।”

च्याम्बरमा पकाइएको केरा लामो समयसम्म नसड्ने, विषादीरहित स्वस्थकर हुने, हेर्दा आकर्षक र पहेंलो देखिने हुन्छ । राष्ट्रिय गौरवको रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाको अनुदानमा प्रालीले च्याम्बर सञ्चालनमा ल्याएको थियोे । पाँच वटा च्याम्बरमा प्रत्येक पटक एक सय ५० टन केरा पकाउन सकिने व्यवस्था थियो । च्याम्बरमा राखेको पाँच दिनमा केरा बजार पठाउने गरिन्थ्यो ।

च्याम्बर निर्माणका लागि रानी जमरा टीकापुरस्थित कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइले एक करोड, ९० लाख, आठ हजार पाँच सय ९१ रुपैयाँ अनुदान सहयोग गरेकामा च्याम्बर सञ्चालक कर्णाली कृषि सेवा प्रालीले एक करोड, ६६ लाख, २७ हजार, छ सय ४५ लगानी गरेको थियो ।

कर्णाली कृषि सेवा प्रालीकोतर्फबाट सुरुमा तीन जनाले लगानी गरे पनि अहिले आफू त्यसबाट बाहिरिसकेको र कागजी प्रक्रियामात्र मिलाउन बाँकी रहेको सुरुका लगानीकर्तामध्येका एक वीरेन्द्र ढुङ्गानाले बताए ।

अर्का एक जनाको बीचमै निधन भइसकेको र अहिले च्याम्बरको सञ्चालन गर्ने जिम्मा सुरुका लगानीकर्तामध्येका एक शिलाकान्त झाको छ तर उनी सम्पर्कमा नरेहको स्थानीयवासीले बताए । च्याम्बरमा काम गर्ने र त्यसको रेखदेख गर्ने जिम्मा पाएका राजु ढुङ्गानाका अनुसार झा केही दिनदेखि सम्पर्कमा आएका छैनन् ।

एक सय ५० टन क्षमता भएको च्याम्बरका ३०/३० टनका पाँच वटा खण्ड छन् । यसरी बनेको संरचना पनि सञ्चालनमा नआउँदा एकातिर केरा व्यवसायी तथा व्यापारीलाई घाटा र उपभोक्ता स्वस्थ केरा खानबाट बञ्चित भएका छन् भने अर्कोतर्फ सरकारी लगानीको पनि सदुपयोग नभएको स्थानीयवासीको गुनासो थियो ।

करोडौँ लगानी गरेर बनेको संरचना सञ्चालनमा ल्याउन स्थानीय सरकार र सिँचाइ आयोजनाले सञ्चालनका लागि पहल गर्नुपर्ने गर्नुपर्नेमा स्थानीय केरा व्यवसायीले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सन् २०२२ मा नेपालमा साढे आठ अर्ब अमेरिकी डलर रेमिट्यान्स पुग्ने विश्व बैंकको अनुमान

काठमाडौं । नेपालमा सन् २०२२ मा रेमिट्यान्स आप्रवाह तीन दशमलव छ प्रतिशतले बढेर

घाटापूर्ति गर्न आयल निगमले घटाएन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य

मुसीकोटमा उत्पादित किवी वाइन कम्पनीले खरिद गर्ने

रुकुम । रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१० का गणेश शाही वार्षिक २५ क्विन्टल किवी

बैंक/वित्तीय संस्थाले शंकास्पद कारोबारको विवरण हरेक तीन महिनामा राष्ट्र बैंकलाई बुझाउनुपर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको कारोबारबाट हुनसक्ने सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थामा नेपाल राष्ट्र