नेप्सेमा २१ अंकको गिरावट



काठमाडौं । शेयर बजार नेप्से मङ्गलबार पनि दोहोरो अङ्कले घटेको छ । पछिल्लो समय लगातार ओरालो लाग्दै आएको शेयर बजार मंगलबार २१ दशमलव २२ अङ्कले घटेर एक हजार नौ सय ५१ दशमलव ७९ विन्दुमा झरेको छ ।

मंगलबार म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा व्यापार, विकास बैंक, बीमा र लघुवित्त समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । कारोबार रकम भने सोमबारको तुलनामा सामान्य बढेको छ ।

हिजो ९१ करोड रुपैयाँको कारोबार भएकोमा आज दुई सय २७ वटा कम्पनीको ३२ लाख नौ हजार कित्ता शेयर एक अर्ब १९ करोड सात लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै हिमालयन एभरेस्ट इन्सुरेन्सको नौ करोड १४ लाख र रिडी हाइड्रोको नौ करोड ११ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सानिमा माई हाइड्रोको शेयर झन्डै साढे सात प्रतिशत र हिमालयन एभरेस्ट इन्सुरेन्स कम्पनीको शेयर ६ प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि उन्नति सहकार्य लघुवित्तको शेयर साढे नौ प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान

बागलुङ । जेठ पहिलो सातासम्म पश्चिम बागलुङको तल्लो क्षेत्रका बारी, खर्क र भिराला

असार १६ गतेदेखि चितवन राष्ट्रिय निकुञ्जमा सफारी बन्द हुने

चितवन । वर्षा लागेसँगै चितवन राष्ट्रिय निकुञ्जमा असार १६ गतेदेखि सफारी बन्द हुने

ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएसँगै देशभित्र पहिलोपल्ट चार सय केभीबाट विद्युत् प्रसारण सुरु

काठमाडौँ । विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल-भारतबीचको विद्युत् व्यापार

लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

  लुम्बिनी । लुम्बिनी प्रदेशको आर्थिक वर्ष ०८१/८२ को बजेट बहुमतले पारित भएको