भन्सार जाँचपास भएका मालवाहक गाडी प्रहरी नियन्त्रणमा



विराटनगर । भन्सार जाँच भएर आएका मालवाहक गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । गएको शुक्रबार भारत हुँदै नेपाल भित्रिएको चिनियाँ स्याउ बोकेका पाँच भारतीय कन्टेनरसहित आठ वटा गाडी मोरङ प्रहरीले विराटनगर महानगरपालिका–१३ बाट नियन्त्रणमा लिएको हो ।

भन्सार कार्यालयमा सामानको जाँचपासका क्रममा मूल्याङ्कन कम गरिएको हुनसक्ने आशङ्कामा प्रहरीको नियन्त्रणमा लिएर अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ ।

मोरङ प्रहरीका प्रवक्ता दीपक श्रेष्ठका अनुसार सामानमा शङ्का लागेकाले वास्तविकता के छ भनेर अनुसन्धान गर्नका लागि नियन्त्रणमा लिएको हो ।

चीनबाट भारतको कोलकाता हुँदै नेपाल भित्रिएको भारतीय नम्बर प्लेटका पाँच वटा कन्टेनरसहित तीन वटा नेपाली ट्रकलाई गोदाममा नलगी सडकमै रोकेर नेपाली नम्बर प्लेटका ट्रकमा स्याउ ‘अनलोड’ गरिरहेका बेला साँझपख नियन्त्रणमा लिएको थियो ।

भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भिसिटिएस)मा विवरण नभरिकन स्याउ ढुवानी गरिएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

प्रहरीले कागजात माग्दा चालकले आवश्यक कागजातसहित भन्सारका अन्य कागजपत्र उपलब्ध गराउन नसक्दा अनुसन्धानका लागि नियन्त्रणमा लिएर राजस्व कार्यालयमा बुझाएको प्रहरीको भनाइ छ ।

भारत तथा तेस्रो मुलुकबाट आयात गरिएका सामान सम्बन्धित ठाउँमा पुर्याएर मात्रै अन्य गाडीमा हाल्नुपर्ने नियम रहेको प्रहरीले जानकारी दिएको छ भने भारतीय कन्टेनरमा लोड गरिएको सामानको विराटनगर भन्सार कार्यालयले जाँचपास गराएको थियो ।

प्रहरीले सामान लोड गरिएका साधन नियन्त्रणमा लिनेबित्तिकै भन्सारले आपत्ति जनाउने गरेको छ । विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटाले भन्सार जाँचपासमा कुनै कमजोरी नरहेको दाबी गर्दै आएका छन् ।

“भन्सारबाट त्यस्तो गलत काम केही पनि भएको छैन र भन्सार प्रमुख सापकोटाले भने, “प्रमाणविना भन्सारका कर्मचारीले गलत गर्यो भन्ने कुरा स्वीकार गर्न सकिँदैन ।” यसअघि भन्सारबाटै जाँचपास भएर निस्किएको आठ ट्रक सुपारी प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानका लागि राजस्व कार्यालय इटहरीमा बुझाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले बलमिच्याइँ गरेर जथाभावी बजेट बाँडेको प्रवक्ता महतको आरोप

काठमाडौँ । पूर्वअर्थमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले

शेयर बजारमा उच्च अंकको गिरावट

  काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा १८ दशमलव ७६ अङ्कको गिरावट

कैलाली भन्सारमा ११ महिनामा सात अर्ब राजस्व सङ्कलन

  अत्तरिया  । कैलाली भन्सार कार्यालय धनगढीले ११ महिनामा  सात अर्ब ३२ करोड

कर्णालीको बजेट कार्यान्वयन : यस्ता छन् योजना छनोट प्रक्रिया सुधार नीति

काँक्रेविहार (सुर्खेत) । सङ्घीयताको अभ्यास तथा सिकाइका क्रममा रहेको प्रदेश सरकारले अब बन्ने