नेप्सेमा झिनो अंकको बृद्धि


काठमाडौं । शेयर बजार मंगलबार सामान्य बढेको छ । मंगलबार शेयर बजार परिसूचक नेप्से दुई दशमलव ३३ अङ्कले बढेर एक हजार नौ सय ९५ दशमलव ३४ विन्दुमा पुगेको छ ।

मंगलबार व्यापार, विकास बैंक, उत्पादन, अन्य, माइक्रोफाइनान्स, म्युचल फन्ड र लगानी समूहको शेयर बढ्दा अरू समूहको भने घटेको छ । दुई सय २६ वटा कम्पनीको २९ लाख १४ हजार कित्ता शेयर एक अर्ब एक करोड रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको नौ करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भयो । मंगलबार अपर हेवाखोला हाइड्रोपावरको शेयर सबैभन्दा धेरै झन्डै साढे आठ प्रतिशतले बढेको छ । विन नेपाल लघुवित्तको शेयर भने साढे चार प्रतिशतभन्दा धेरैले घटेको छ ।