अनुमतिपत्रबिना इन्टरनेट सेवा सचालन नगर्न आग्रह



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन नगर्न आग्रह गरेको छ । प्राधिकरणले बिहीबार सूचना जारी गरी दूरसञ्चार ऐन, २०५३ को दफा २१ बमोजिम कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था रहेकाले अनुमति लिएर मात्र सेवा सञ्चालन गर्न आग्रह गरेको हो ।

पछिल्ला केही दिनयता कानुनी व्यवस्थाको बर्खिलाप गरी स्याटेलाइट प्रविधिबाट इन्टरनेट सेवा सञ्चालन भइरहेको उजुरी आएको प्राधिकरणले सूचनामा उल्लेख गरेको छ ।अनुमतिबिनै दूरसञ्चार सेवा सञ्चालन गरेको पाइए कानुनबमोजिम कारबाही गर्ने जनाउँदै प्राधिकरणले अनुमतिपत्र प्राप्त नगरी गैरकानुनीरूपमा कसैले पनि इन्टरनेट सेवा सञ्चालन गरेको वा वितरण गरेको फेला परेमा खबर गर्नसमेत अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्यामशिला किवीको नमूना पकेट क्षेत्र

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाको श्यामशिलालाई किवी पकेट क्षेत्रका रूपमा विकास गरिएको छ

राष्ट्र बैंकलाई पर्यटनका समस्या मौद्रिक नीतिमार्फत सम्बोधन गर्न संघको आग्रह

गण्डकी । होटल सङ्घ पोखराले कोरोना प्रभावित पर्यटनलाई पुनरुत्थान गर्दै व्यवसायलाई निरन्तरता दिन

११ महिनामा चुइगम पड्काएरै सके नेपालीले ४१ करोड

काठमाडौं । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि

थाई स्माइल एयरद्वारा बैंकक–काठमाडौँ सिधा उडान सुरु

काठमाडौं । थाइल्याण्डको वायुसेवा प्रदायक कम्पनी थाई स्माइल एयरवेजले शुक्रबारदेखि बैंकक–काठमाडौँ–बैंकक गन्तव्यमा सिधा