नापतौल विभागद्वारा सरकारबाट स्वीकृत नलिइ खर्च



काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल सरकारबाट वैदेशिक अनुदानको रकम स्वीकृति नलिइ जथाभावी खर्च गरेको छ । विभागका महानिर्देशक विश्वबाबु पुडाशैनीले विभागअन्तर्गत राष्ट्रसङ्घीय ओजोन कार्यक्रम सञ्चालन सम्बन्धित तालुक निकायबाट स्वीकृति नगराएर लामो समयदेखि कार्यक्रम सञ्चालन गरेको थियो । सो कार्यक्रममा खर्च भएको रकमलाई महालेखाको प्रतिवेदनमा बेरुजु देखिएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा स्वीकृति नगराएर विदेशी अनुदानको ओजोन कार्यक्रम सञ्चालन गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ  । विगत सात÷आठ वर्षदेखि महानिर्देशकसमेत रहेका पुडाशैनीले २०७४ सालदेखि  ओजोनतर्फ तलब, इन्धन, वर्कसप र अध्ययन तथा आर्जन दिवसलगायतका शीर्षकमा स्वीकृतिविना खर्च गरेको बताइएको छ ।

विभागले ओजोन कार्यक्रमका लागि २०७४ मा ७१ लाख २६ हजार २०७५ मा ५८ लाख ८९ हजार र २०७७ मा  ५८ लाख ८९ हजार खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । महालेखाले तालुक निकायबाट स्वीकृत नभएका कारण औँल्याएको छ । उता विभागको लेखा शाखाले पनि आर्थिक वर्ष २०७७/०७८ मा ओजोन तह कार्यक्रम सञ्चालन गरेको तर स्वीकृत नभएको जनाएको छ ।

नेपाल सरकारलाई प्राथमिक वैदेशिक सहायता रकम राष्ट्रिय बजेट प्रणालीमा आबद्ध गरी स्वीकृत कार्यक्रमअनुरुप सञ्चालन गर्नुपर्ने नीतिगत व्यवस्था छ । आन्तरिक र अन्तिम लेखा परीक्षण गर्ने निकायबाट नियमानुसार कार्यक्रम स्वीकृत नगरी खर्च गरेको भनी विगतका वर्षदेखि वार्षिकरुपमा कूल वार्षिक खर्च रकम नै बेरुजु कायम गरिएको तथ्य अभिलेखबाट पुष्टि भइसकेको विभागको लेखा शाखाले जनाएको छ । विभागअन्तर्गतका ल्याबको अवस्था पनि नाजुक रहेको प्राविधिक बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उर्जा मन्त्रालयबाट खर्च हुन नसेको भन्दै दुई अर्ब ३५ करोड र एमसिए–नेपालबाट दुई अर्ब बजेट फिर्ता

  काठमाडौँ । चालु आर्थिक वर्षका लागि छुट्याइएको बजेट खर्च नहुने जनाउँदै विभिन्न

सुनको मूल्य तोलाको एक लाख ८९ हजार ७ सय रुपैयाँ

काठमाडौँ । आइतबार बजारमा सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ७०० कायम

जुम्लामा मह उत्पादनको तथ्याङ्क राखिने

जुम्ला। जुम्लाको कनकासुन्दरी गाउँपालिका-१का मौरीपालक किसानलाई सीपमूलक तालिमसहित आवश्यक सामग्री वितरण गरिएको छ

पुनर्जीवित कृषि औजार कारखाना : ३२ महिनामा १६ थरिका औजार विकसित

वीरगञ्ज । राष्ट्रिय आविष्कार केन्द्रले वीरगञ्जको कृषि औजार कारखाना सञ्चालन र व्यवस्थापनको जिम्मेवारी