प्राज्ञिक शोध गर्नेलाई राष्ट्र बैंकले शोधवृत्ति उपलब्ध गराउने



काठमाडौं । नेपाल राष्ट्र बैंकले प्राज्ञिक शोध तथा अनुसन्धान गर्नेलाई सहायता गर्ने भएको छ । सो कार्यका लागि नेपाल बैंक र त्रिभुवन विश्वविद्यालय समझदारी भएको छ । प्राज्ञिक शोध तथा अनुसन्धान कार्यमा सहकार्य गर्ने गरी भएको समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा यही भदौ १ गते बैंकका तर्फबाट जनशक्ति व्यवस्थापन विभागका कामु कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरे तथा त्रिभुवन विश्वद्यिालय, अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा डा शिवराज अधिकारी र व्यवस्थापन केन्द्रीय विभागका प्रमुख प्रा डा रामजी गौतमले हस्ताक्षर गरेको बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

उक्त समझदारीअनुसार अर्थशास्त्र र व्यवस्थापन केन्द्रीय विभागमा स्नातकोत्तर तहका पाँच/पाँच जना, एमफिल र विद्यावारिधितर्फका दुई÷दुई जना विद्यार्थीलाई शोधपत्र तयार गर्ने प्रयोजनका लागि केन्द्रीय बैंकले वार्षिकरूपमा शोधवृत्ति (फेलोसिप) उपलब्ध गराउनेछ ।

यस्तै बैंकमा उपलब्ध हुने इन्टनसिपको अवसरमा विश्वविद्यालयको स्नातकोत्तर तहका विद्यार्थीलाई प्राथमिकता दिइने समझदारीसमेत भएको छ ।

कार्यक्रममा गभर्नर अधिकारीले बैंक र विश्वविद्यालयबीचको समझदारी आफैँमा सकारात्मक शुरुवात भएको बताए । उनले यो सहकार्यले प्राज्ञिक शोध÷अनुसन्धानमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गरे ।

कामु कार्यकारी निर्देशक घिमिरेले उक्त समझदारीले शोध/अनुसन्धान कार्यमा सहकार्य हुने, ज्ञान आदानप्रदानमा टेवा पुग्ने तथा अनुसन्धानबाट महत्वपूर्ण नीतिगत स्रोत सामग्री उपलब्ध हुने विश्वास व्यक्त गरे । बैंकले अन्य विश्वविद्यालयसँग पनि यस्तै सहकार्य गर्ने नीति लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाँचखालमा ‘विषादीरहित’ तरकारी सङ्कलन केन्द्र सञ्चालन

काभ्रे । काभ्रेको खाद्यान्न तथा तरकारीको भण्डारका रूपमा परिचित पाँचखाल नगरपालिकामा विषादीरहित तरकारी

साधारण सेयर बिक्री गर्दै स्वस्तिक लघुवित्त

काठमाडौं। नेपाल धितोपत्र बोर्डले स्वस्तिक लघुवित्त वित्तीय संस्थालाई साधारण सेयर (आइपिओ) बिक्रीका लागि

किसानलाई चैते धान थन्क्याउने चटारो

डुम्रे । तनहुँ जिल्लामा किसान चैते धानखेती भित्र्याउने चटारोमा छन् । दुई समयमा

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ