रसुवा भन्सारमा ७१ प्रतिशत बढीले राजस्व वृद्वि



रसुवा । रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउन महिनामा लक्ष्यभन्दा ७१ दशमलव ४० प्रतिशत बढी राजस्व असुली गरेको छ । साउन महिनामा ३७ करोड ४२ लाख ५९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा सो अवधिमा कार्यालयले ६४ करोड १४ लाख ६३ हजार राजस्व असुली गरेको हो ।

आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा २३ करोड ५९ लाख चार हजार राजस्व असुली भएको कार्यालयले जनाएको छ । चीनको गञ्जाउ, केरुङ हुँदै  नेपाल आयात भएका सामग्रीको नियमानुसार लाग्ने भन्सार शुल्क, मूल्य अभिवृद्विकर एवं अन्तःशुल्क समेतका शीर्षकबाट उक्त राजस्व असुली भएको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए ।

नेपालतर्फको निर्यात भने शून्य रहेको बताइएको छ । दैनिक सातदेखि नौवटा चिनियाँ ठूला कन्टेनरले रसुवागढीसम्म माल सामग्री पुर्याउने र क्वारेन्टिनमा बसेका नेपाली कामदार तथा चालकद्वारा आयातीत सामग्री पल्टी गर्ने व्यवस्था मिलाइएको छ ।

बढ्दो कोरोना सङ्क्रमण रोक्न स्वास्थ्यको मापदण्ड पूर्ण पालना गर्दै मितेरीपुलमा पल्टी गराइएका सामग्री परीक्षण एवं मूल्याङ्कनका लागि तीन किमी दक्षिण टिमुरेस्थित भन्सार हातामा ल्याउने गरिएको छ ।

मितेरी पुलदेखि भन्सार हातासम्म क्वारेन्टिनमा बसेका चालकले मात्र सवारी साधन ओहोरदोहोर गराउने व्यवस्थान गराई रोगप्रति पूर्वसावधानी अपनाइएका कारण चिनियाँ सवारी चालक निर्धक्क साथ मितेरीपुल पुग्ने गरेको बताइएको छ ।

स्याउ, लसुन, अदुवा एवं स्वास्थ्यसम्बन्धी सामग्री तत्काल परीक्षण गराई गन्तव्यतर्फ पठाउने गरेको र अन्य सामग्री भन्सार हातामा प्रवेश गराई प्राथमिकताका आधारमा परीक्षण गर्ने गरिएको छ ।

यस भन्सार नाकााबाट विशेषगरी विद्युत् उत्पादनका सामग्री, तयारी पोसाक, स्वास्थ्य सामग्री, बच्चाका खेलौना, थरमस, जुत्ताचप्पल, सवारी साधनलगायत विविध सामग्री आयात हुने गरेको भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्र चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
२० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्बको १४ दिन अवधिको रिपो जारी

रसुवा नाकाबाट माइक्रोबस आयात

रसुवा । नेपालको उत्तरीनाका रसुवागढीबाट विद्युतीय माइक्रोबस आयात गरिएका छन् । सहरी क्षेत्रलाई

कञ्चनपुरमा डुबानका कारण १२ हजार हेक्टरको धानबाली क्षति

कञ्चनपुर । यही कात्तिकको पहिलो साता आएको बाढी र डुबानका कारण कञ्चनपुरमा १२

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार दोहोरो अङ्कले उकालो