तातोपानी नाका सहजरुपमा संचालनका लागि व्यवसायीको माग



सिन्धुपाल्चोक । चीनसँगको सीमा जोडिएको तातोपानी नाकाबाट व्यापार सहज बनाउन व्यवसायीले सरकारसँग माग गरेका छन् । भूकम्पपछि यो नाका अस्थिर रुपले सञ्चालन हुँदै आएको छ ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घ र नेपाल हिमालय सीमापार वाणिज्य सङ्घले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै नाका पूर्ण रुपले सञ्चालनमा ल्याउनुपर्ने माग राखेका हुन् ।

सङ्कटग्रस्त क्षेत्र सिन्धुपाल्चोकमा आइपरेका अनेकौँ विपद्ले निकै समस्या रहेको र नाका सञ्चालन नहुँदा व्यवसायीलगायतलाई समस्या परेको भन्दै दुबै सङ्घले नेपाल चीनबीचको व्यापारिक कारोवार अगाडि बढाउन पहल गरिदिन प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्रमार्फत आग्रह गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुझाएको ज्ञापन पत्रमा राजस्व सङ्कलनमा उल्लेख्य योगदान गर्ने नाका पूर्णरुपले सञ्चालन हुनुपर्ने माग राखिएको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष वेदबहादुर श्रेष्ठले बताए । सो अवसरमा प्रधानमन्त्री देउवालाई बधाईसमेत ज्ञापन गरिएको उनले जानकारी दिए ।

नाका अस्थिर हुँदा सयौँको रोजीरोटी गुमेको छ । नाकाबाट कारोवार बन्द हुँदा त्यहाँ काम गर्ने मजदूर अहिले विचल्लीमा परेकाले पूर्णरुपले नाका सञ्चालन हुनुपर्ने नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष अशोककुमार श्रेष्ठको भनाइ छ । नाका सञ्चालनका साथै विपद् न्यूनीकरणका लागि पहल गरिदिन सङ्घले प्रधानमन्त्री देउवालाई अनुरोध समेत गरेको जनाएको छ ।

विसं २०७१ को जुरे पहिरो, २०७२ को विनाशकारी भूकम्प, २०७३ को भोटेकोशी बाढी, २०७७ को जम्बु, घुम्थाङ, लिदी पहिरो तथा २०७८ असार १ र १७ गतेको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण सिन्धुपाल्चोक प्राकृतिकरुपमा विपद्ग्रस्त बन्दै आइरहेको छ ।

कोदारी, तातोपानी, चाकु, बाह्रबिसे, लामोसाँघु, खाडीचौर, बलेफी, जलविरे, ढाँडे, सुकुटे, ढाँडखोला, मेलम्ची, पाँचपोखरी थाङ्पाल, हेलम्बु पनि नदी किनारमा हुँदा बाढी तथा पहिराको जोखिममा रहेकाले आवश्यक अध्ययन गरी स्थानान्तरणका लागि पहल गर्न अनुरोध गरिएको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष होमबहादुर बस्नेतले बताए । पटकपटकको बाढीका कारण अरनिको राजमार्गको लिपिङ पुल, कोदारी पहिरो, डाक्लाङ पहिरो, लार्चा पुललगायतमा क्षति पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्पादित कफी सहकारीले किनेपछि कृषक उत्साहित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी सहकारीले खरिद गर्न

दीर्घकालीन रणनीति सुधार्दै पर्यटन मन्त्रालयः भ्रमण दशक कार्यान्वयनदेखि द्विपक्षीय हवाई सेवा सम्झौतासम्म

सिबी अधिकारी, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका बद्रीप्रसाद

‘अनुदान भन्दापनि प्रोत्साहन ठूलो रहेछ’

इलाम। इलामको सूर्योदय नगरपालिकाले २०७६ साउन ४ गते अगुवा अग्र्यानिक तरकारी कृषकका रुपमा

नवलपुरमा किसानको तोरी खेतीप्रति आकर्षित बढ्दो

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसान तोरी खेतीमा आकर्षित भएका छन् ।