मोलुङ हाइड्रोले स्थानीयवासीलाई आठ करोडको शेयर बाँड्दै



ओखलढुंगा । मोलुङ हाइड्रोपावर कम्पनीले स्थानीयवासीलाई करिब आठ करोड बराबरको आठ लाख कित्ता शेयर बिक्री गर्ने भएको छ । आयोजना आसपासका नागरिकका लागि आठ लाख दुई हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न लागिएको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ८० करोड २५ लाखको १० प्रतिशत अर्थात् आठ करोड दुई लाख पचास हजार बराबरको शेयर स्थानीय क्षेत्रका प्रभावित बासिन्दालाई बिक्री गर्ने तयारी गरेको सनराइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले जानकारी दिए ।

बाँकी ३४ प्रतिशत अर्थात् २७ करोड २८ लाख पचास हजार रकम बराबरको २७ लाख २८ हजार ५०० कित्ता साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् एक लाख ३६ हजार ४२५ कित्ता साधारण शेयर सामूहिक लगानी कोष र दुई प्रतिशत अर्थात् ५४ हजार ५७० कित्ता साधारण शेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको उनले जानकारी दिए ।

बाँकी रहेको २५ लाख ३७ हजार ५०५ कित्ता शेयर सर्वसाधारणका लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अधिनमा रही निष्काशन गरिने कम्पनीले जनाएको छ ।

पहिलो चरणमा निष्काशन हुने आठ करोड बराबरको आठ लाख कित्ताभन्दा बढी शेयर मोलुङ गाउँपालिका र सिद्धिचरण नगरपालिकाका नागरिकका लागि हुनेछ ।

उक्त शेयर खरिद गर्न चाहने नागरिकका लागि बैंकमा डिम्याट खाता अनिवार्य गरिएको छ । ती गाउँपालिका र नगरपालिकाका नागरिकलाई अनिवार्य शेयर खरिद गर्नका लागि आह्वान गरिएको निर्माण कम्पनी अनक कन्ट्रक्शनका सञ्चालक नवीन महर्जनले बताए । त्यहाँका नागरिकले खरिद गरेका शेयर तीन वर्षसम्म बिक्री गर्न नमिल्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अर्थतन्त्रमा सकारात्मक सङ्केत देखापरेको छः अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र शिथिलताबाट बाहिर आउन थालेको बताएका छन्

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा, अभियानमा यस्ता छन् सातवटा कार्यक्रम

  काठमाडौं ।  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा रोजगारसँग सम्बन्धित

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो

तनहुँ । निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइनको

घर बन्न छाडेपछि वैकल्पिक पेसामा तनहुँका मजदुर

तनहुँ । व्यास नगरपालिका–२ का ३४ वर्षीय राजु सेन्चुरीको मुख्य पेशा घरमा रङ्ग