सोमबार ललितपुरका उद्योगी व्यवसायीलाई खोप



ललितपुर । ललितपुर महानगरपालिकाको आयोजना तथा ललितपुर उद्योग वाणिज्य सङ्घको सहयोगमा आउँदो सोमबार उद्योगी तथा व्यवसायीलाई जोन्सन एन्ड जोन्सन खोप लगाइने भएको छ । सङ्घका अध्यक्ष मनोजबहादुर न्याछ्योंले शनिबार सूचना जारी गरी मुलुकमा फैलिरहेको कोरोना महामारीबाट जोगाउन पाँच सय जनालाई खोप लगाइने जानकारी गराएका हुन् ।

उक्त पत्रमा सो सङ्ख्याको खोप पर्याप्त नभएकाले छिट्टै बढाउन सङ्घले महानगरपालिकाको ध्यानाकर्षणसमेत गराइएको छ । न्याछ्योंद्वारा हस्ताक्षरित पत्रमा बाँकी रहेका पाँच पालिकाका सो क्षेत्रका व्यक्तिलाई समेत खोपको व्यवस्था गर्न ध्यानाकर्षण गराइएको छ ।

यसैगरी निवर्तमान अध्यक्ष कृष्णलाल महर्जनले भने खोप लगाउन इच्छुक व्यक्तिले आइतबार दिउँसो ३ बजेभित्र सङ्घको सदस्यतासहित सचिवालयमा सम्पर्क राख्नसमेत अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तोलामा दुई हजार सात सयले घट्यो सुनको मूल्य

  काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा मंगलबार गिरावट भएको छ ।

चैते धानप्रति दाङका किसानको आकर्षण बढ्दो

घोराही (दाङ) । दाङको बङ्गलाचुली गाउँपालिका–४ गहतेरा निवासी डोरबहादुर घर्तीले यस वर्ष पनि

लगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन

  काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सरकारले अबलम्बन गरेका राम्रा नीतिको निरन्तरताले मुलुकमा

क्यानद्वारा सोलुखुम्बुको महाकुलुङमा प्याराग्लाइडिङ परीक्षणको अनुमति

  काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले द बाबु एडभेञ्चर इन्टरनेशनल स्कुललाई