गण्डकीमा होमस्टे मोबाइल एप सञ्चालन



गण्डकी गण्डकी प्रदेशमा सञ्चालित घरवास सेवालाई प्रभावकारी बनाउने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डको सहयोग एवं गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशको संयोजनमा होमस्टे मोवाइल एप सेवा सञ्चालनमा ल्याइएको छ ।

भिटोफ गण्डकी प्रदेशको आयोजनामा जुम प्रविधिमार्फत शुक्रबार आयोजित एक कार्यक्रमकाबीच सो सेवा सञ्चालन शुभारम्भ गरिएको हो । सेवाको शुभारम्भ गर्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख काशीराज भण्डारीले गाउँ पर्यटनको प्रवद्र्धन र विकासका लागि प्रविधिको प्रयोग प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

भिटोफ गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले गण्डकी प्रदेश भित्रका घरवासलाई अनलाइन प्रविधिमार्फत बुकिङ गर्न मिल्ने, पैसा तिर्न मिल्ने सुविधा एवं सबै घरवासबारे बुझ्न मिल्ने गरी बहुआयमिक नामक होमस्टे मोबाइल एप सञ्चालनमा ल्याइएको जानकारी दिए ।

पहिलो चरणमा यो भिटोफ गण्डकी प्रदेशबाट सञ्चालन हुने र सम्बन्धित होमस्टेहरू सक्षम भएपछि उनीहरूले नै सञ्चालन गर्न सक्ने उनले बताए । उनका अनुसार हाल ५० वटा होमस्टे बुकिङ गर्न मिल्ने छ भने अन्य २५४ होमस्टेका विवरण त्यहीबाट जानकारी लिन सकिने छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले नविनतम प्रविधिको प्रयोगमार्फत पर्यटन सेवालाई सहज र सरल बनाउँदै लैजान यो बहुउपयोगी बन्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा भिटोफ नेपालका केन्द्रीय अध्यक्ष ध्रुव सिम्खडा, आन्तरिक पर्यटन पुनरुत्थान समिति गण्डकी प्रदेश संयोजक अग्नि कँडेल, पोखरा महानगरपालिका होमस्टे व्यवस्थापन समिति संयोजक खगराज आचार्य, भिटोफ गण्डकीका सल्लाहकार टीकाराम सापकोटा, डा रामजी शर्मा लगायतले प्रविधिको सञ्चालनसँगै घरवास पर्यटनको प्रभावकारिता बढ्ने विश्वास व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि

बजेटमा कर्णाली प्रदेशलाई विशेष प्राथमिकतामा राख्न अर्थमन्त्रीसँग मुख्यमन्त्री कँडलको माग

  काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीय सरकारका अर्थमन्त्री वर्षमान

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ

नेपालको विद्युत प्रशारण लाइन निर्माणमा लगानी गर्ने चिनियाँ लगानीकर्ताको चाहना

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी