निषेधाज्ञाका कारण पर्सामा भएन गहुँ खरीदको लक्ष्य प्राप्ति



वीरगंज । सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले लामो समयदेखि लागेको निषेधाज्ञाका कारण गहुँ खरीद गर्न नसक्दा सङ्घीय सरकारले तोकेको लक्ष्य प्राप्ति हुन सकेको छैन ।

सङ्घीय सरकारले सो कार्यालयलाई किसानबाट समर्थन मूल्यमा प्रतिक्विन्टल तीन हजार १११ का दरले तीन हजार क्विन्टल गहुँ खरीद गर्ने लक्ष्य दिएकामा गत वैशाख १६ गतेदेखि जारी रहेको निषेधाज्ञाका कारण हालसम्म २१६ क्विन्टल गहुँमात्र खरीद गर्न सकिएको कार्यालय प्रमुख विकास कटुवालले बताए ।

एक त लामो समयदेखि जारी रहेको निषेधाज्ञाका कारण किसान गहुँ बेच्न कार्यालयमा आउन नसकेको तथा दोस्रो मैदा मिलले ग्रामीण क्षेत्रका किसानको घरमै गएर गहुँ खरीद गर्न थालेपछि सङ्घीय सरकारले तोकेको लक्ष्य प्राप्ति हुन नसकेको सूचना अधिकारी मुनिलाल कुशवाहाले बताए । सरकारले गहुँ खरीदको समर्थन मूल्य तोके पनि निजीस्तरका मैदा मिलले सोही मूल्यमा गहुँ खरीद शुरु गरेकाले पनि लक्ष्य प्रभावित भएको कार्यालयले जनाएको छ ।

गत वर्षको तुलनामा पर्सामा यस वर्ष १६ करोड २० लाख ८३ हजार १०० मूल्य बराबर पाँच हजार २१० मेट्रिक टनभन्दा बढी गहुँ उत्पादन भए पनि कार्यालयले लक्ष्य प्राप्ति गर्न नसक्नुको प्रमुख कारण लामो समयदेखि लागेको निषेधाज्ञाले किसान बजारसम्म आउन नसक्नु नै भएको बताइन्छ ।

यस वर्ष जिल्लामा किसानले २६ हजार ५०० हेक्टर क्षेत्रफलमा गहुँ खेती गरेकामा ८५ हजार ९६५ मेट्रिक टन गहुँ उत्पादन गरेको छ । यस वर्ष प्रतिहेक्टर तीन दशमलव तीन मेट्रिक टन उत्पादन भएको बताइएको छ ।

किसानले गहुँ खेती गर्दा उन्नत जातको बीउ प्रयोग गरेको, समयमै सिँचाइ सुविधा उपलब्ध भएको र समयमै मल खाद्य उपलब्ध भएकाले गत वर्षभन्दा यस वर्ष पाँच हजार २१० मेट्रिक टनभन्दा बढी गहुँ उत्पादन भएको बाली विकास अधिकृत सुरेशकुमार चौरसियाले बताए ।

अघिल्लो आर्थिक वर्षमा पर्साका किसानले २६ हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती गरेकामा ८० हजार ६०० मेट्रिक टन गहुँ उत्पादन गरेको थियो । धान खेतीभन्दा बढी आम्दानी गहुँ खेती गरेर लिने गरेकाले पर्सामा ८५ प्रतिशत किसान गहुँ खेतीमा संलग्न भई आर्थिक लाभ लिन थालेका छन् ।

किसानले यस वर्ष विजय एनएल ९७१ र श्रीराम ३०३ जस्ता उन्नत जातका गहुँ खेती गरेको थियो । किसानले उत्पादन गरेको गहुँमध्ये ५० प्रतिशत बिक्री गर्ने गरेको र बाँकी गहुँ वर्षभरि आफैं खानका लागि राख्ने गरेका छन् ।

पर्साका किसानले यस वर्ष दलहन बालीतर्फ तीन हजार ६१० हेक्टरमा मुसुरो खेती गरी पाँच हजार ७७६ मेट्रिक टन उत्पादन गरेको छ भने ९० हेक्टर क्षेत्रफलमा खेसारीको खेती गरी १६२ मेट्रिक टन उत्पादन गरेको छ ।

यसैगरी राजमा पाँच हेक्टर क्षेत्रफमा खेती गरी १४ मेट्रिक टन उत्पादन गरेको छ । त्यस्तै किसानले रहर १५ हेक्टर क्षेत्रफलमा खेती गरी १५ मेट्रिक टन उत्पादन गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

आर्थिक गतिविधिमा आएको समस्याका कारण बैंकिङ प्रणालीको कर्जा असुली दबाबमाः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकको २०८० साल

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि

बजेटमा कर्णाली प्रदेशलाई विशेष प्राथमिकतामा राख्न अर्थमन्त्रीसँग मुख्यमन्त्री कँडलको माग

  काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीय सरकारका अर्थमन्त्री वर्षमान