धितोपत्र बजारमा यस साता ८३ अर्ब बढीको कारोबार



काठमाडौं । धितोपत्र बजारमा यस साता ८३ अर्ब बढीको कारोबार भएको छ । लगातार उकालो लागेर नयाँ–नयाँ कीर्तिमान कायम गरेको नेप्सेले झण्डै तीन हजार बिन्दुको यात्रासमेत तय गरेको थियो ।

निषेधाज्ञाका कारण आम मानिस घरभित्रै बसेका तथा कारोबारसमेत प्रविधिमैत्री भएका कारण पनि कारोबार रकमका साथसाथै नेप्सेमा समेत उच्च अङ्कको वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जले शेयर कारोबार नियमित राख्दा त्यसको सकारात्मक प्रभाव बजारमा देखिएको छ । लगानीका अन्य स्रोतमा समस्या आएको तथा कोरोनाले बजार तथा व्यवसायसमेत बन्द भएकाले शेयर बजार नयाँ उचाइमा पुगेको जानकारहरूको टिप्पणी छ । नेप्सेका अनुसार कारोबार भएका साताका पाँच दिन नै औषतमा १६ अर्बको कारोवार भएको छ ।

नेप्सेका अनुसार कूल २२१ कम्पनीका १७ करोड पाँच लाख ९० हजार ६४३ कित्ता शेयर ८३ अर्ब १३ करोड ९२ लाख ५० हजार ७६७ मा कारोबार भए । कारोबारका आधारमा पनि पछिल्ला दिनमा यो सबैभन्दा बढीको कारोबार हो ।

साताको पहिलो दिन नै नेप्सेले कीर्तिमान कायम गरेको थियो । कोरोनाको नियन्त्रणका लागि सरकारले निषेधाज्ञा लगाइरहेका बेला नै नेप्से परिसूचक दुई हजार ९०० को बिन्दुमा पुग्यो ।

आइतबार नेप्से ५०.१३ बिन्दुले बढेर दुई हजार ९०६.८९ मा पुग्यो । त्यस दिन ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ७.८८ ले सुधार भई ५२०.९९ मा पुग्यो । कूल २१७ कम्पनीको तीन करोड ७४ लाख ५५ हजार १८९ कित्ता शेयर रु १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५२५ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये सात उपसमूहको शेयर उकालो लाग्दा छ उपसमूहको शेयर भने ओरालो लाग्यो ।

साताको पहिलो दिन रेकर्ड बनाएको नेप्से सोमबार भने झिनो अङ्कले ओरालो लाग्यो । त्यसदिन ०.२१ अङ्कले घटेर नेप्से दुई हजार ९०६.७० मा सीमित भयो । कूल १२१ कम्पनीका तीन करोड ५४ लाख ७४ हजार ४१४ कित्ता शेयर १५ अर्ब ८१ करोड ८६ लाख ५९ हजार ६३ मा कारोबार भयो ।

कारोबार हुने साताको तेस्रो दिन नेप्सेले नयाँ रेकर्ड बनायो । बजार पूँजीकरण पनि त्यस दिन ४१ खर्ब नाघ्यो भने सात कम्पनीको शेयरमा सर्किट लाग्यो । त्यस दिन मुलुकको कूल गार्हस्थ्य उत्पादनलाई शेयर बजारले पछाडि पार्दै कूल बजार पूँजीकरण ४१ खर्ब नौ अर्ब ५७ करोड २५ लाख ८८ हजार ८५८ बराबर पुग्यो । यो हालसम्मकै सबैभन्दा धेरै हो ।

सोही दिन नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले अन्य क्षेत्रमा लगानीको अवसर कोरोनाका कारण सङ्कटमा परेकाले नेपालको धितोपत्र बजार विस्तारित भएको बताएका थिए ।

सोमबारको तुलनामा मङ्गलबार बजार पूँजीकरण मात्रै ७४ अर्ब १९ करोड बढीले वृद्धि भएको थियो । मुलुकको कूल गार्हस्थ्य उत्पादन ४० खर्बको हाराहारीमा रहेको छ । त्यस दिन नेप्से परिसूचक ५३.४४ बिन्दुले वृद्धि भई दुई हजार ९६०.१४ मा पुग्यो ।

नेप्सेले कीर्तिमान कायम गर्दा ठूला कम्पनीको शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ७.४७ बिन्दुले उकालो लागेर ५२८.१० मा पुग्यो । कूल २१८ कम्पनीको तीन करोड ५७ लाख ३७४ कित्ता शेयर १६ अर्ब ९५ करोड १२ लाख ९९ हजार ४० मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये त्यस दिन तीन उपसमूहको शेयर ओरालो लाग्दा १० उपसमूहको शेयर भने उकालो लाग्यो । कारोबार हुने साताको चौथो दिन नेप्से तीन हजार बिन्दुमा पुगेर १३.५६ बिन्दुले घटी दुई हजार ९४६.५८ मा ओर्लियो ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८३ बिन्दुले घटेर ५२५.२८ मा झर्यो । कूल २२१ कम्पनीका तीन करोड १३ लाख ५४ हजार २२ कित्ता शेयर १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार ७०३ मूल्यमा खरिद बिक्री भए ।

शेयर कारोबार हुने साताको अन्तिम दिन नेप्से परिसूचक झिनो अङ्कले ओरालो लाग्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.८० अङ्कले घटेर दुई हजार ९४४.७८ मा ओर्लेको थियो ।

कारोबार भएका कूल २२० कम्पनीका तीन करोड छ लाख छ हजार ६४४ कित्ता शेयर रु १६ अर्ब १० करोड चार लाख १२ हजार ४३६ मूल्यमा खरिद बिक्री भए । बिहीबारको कारोबारपछि बजार पूँजीकरण ३९ खर्ब ३६ अर्ब ७४ करोड ३४ लाख २८ हजार ९९५ बराबर रहेको छ । अघिल्ला दिनको तुलनामा बजार पूँजीकरण घट्यो ।

यस साता पनि बजार पूँजीकरणका आधारमा नेपाल दूरसञ्चार कम्पनी नै शीर्षस्थानमा रहेको छ । सो कम्पनीको कूल बजार पूँजीकरण एक खर्ब ९२ अर्ब १५ करोड बराबर पुगेको छ ।

नेपाल पुनर्बीमा कम्पनीको एक खर्ब ८८ अर्ब ८० करोड बराबर रहेको छ । नबिल बैंकको एक खर्ब ७५ अर्ब ७८ करोड १२ लाख ६५ हजार ५३६ बराबर बजार पूँजीकरण रहेको छ । नेपाल पूर्वाधार बैंकको एक खर्ब आठ अर्ब २० करोड बराबर रहेको छ ।

माथिल्लो तामाकोशीको भने ८१ अर्ब ६४ करोड ८९ लाख बराबरको बजार पूँजीकरण रहेको छ । नेपाल लाइफ इन्स्योरेन्सको एक खर्ब ५२ अर्ब २० करोड ७३ लाख ७४ हजार २५६, नागरिक लगानी कोषको एक खर्ब २२ अर्ब ८५ करोड १२ हजार २८५ बराबरको बजार पूँजीकरण रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले तोक्यो चैते धानको मूल्य

काठमाडौँ ।  सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ ।  मन्त्रिपरिषद्को बिहीबारको बैठकले

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

  काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार भने उकालो

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन

वीरगञ्ज । मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१