कालिकोटको तिलागुफामा सामूहिक स्याउ उत्पादन जुटे युवा



मान्म । कालिकोटको तिलागुफा नगरपालिका–३ फोइमहादेवका युवा सामूहिक स्याउखेतीमा लागेका छन् । स्याउका लागि उर्वरभूमि मानिएको सो वडाको फोइमहादेव गाउँका युवा सामूहिक स्याउखेतीमा लागेका हुन् ।

स्याउ सुपरजोन कार्यक्रम जुम्लाको सहयोगमा फोइमहादेव गाउँका युवा समूह गठन गरेर सामूहिक स्याउखेतीमा लागेका छन् । स्याउको राम्रो उत्पादन हुने क्षेत्र भएको र स्याउ सुपरजोन कार्यक्रमले सहयोग गरेकाले सामूहिक स्याउखेतीमा आफूहरुलाई लाग्न प्रेरित गरेको सुन्दर तरकारी तथा फलफूल समूहका अध्यक्ष शान्ति बुढाले बताए ।

“स्याउका लागि हाम्रो गाउँ नै उर्वरभूमि हो, हामीले कसरी आत्मनिर्भर हुने भनेर समूहको गठन गरेका थियौँ”, उनले भने, “हामीले समूह गठन गरेर स्याउखेतीमा लाग्ने सोच बनायौँ, अहिले केही सहयोग स्याउ सुपरजोन कार्यक्रमले गर्दा सहज भएको छ ।”

सामूहिक स्याउखेतीका लागि स्याउ सुपरजोन कार्यक्रमको एक लाख ५० हजार अनुदान र समूहको एक लाख ५० हजार गरी स्याउको बारी सिँचाइ गर्नका पोखरी निर्माण गरिएको अध्यक्ष बुढाले बताए ।

“हामीले सामूहिक स्याउ बारीमा पाँच हजार स्याउका बिरुवा रोपेका छौँ”, उनले भने, “पन्ध्र जनाको समूह सदस्यता रहेका छन्, स्याउका बिरुवा रोपिएका ठाउँमा सिँचाइका पोखरीसमेत निर्माण गरेका छौँ ।”

स्याउ र सिमी उत्पादनका लागि गाउँको माटो उपयुक्त भएका कारणले त्यसको उत्पादनमा लागेको स्थानीय प्रेमबहादुर बुढाले बताए । “रोजगारीका लागि अन्य ठाउँमा जानुभन्दा कृषि पेशा गरेर गाउँमै राम्रो आम्दानी लिन सकिन्छ”, उनले भने, “गाउँमै स्याउ र सिमी खेतीका लागि राम्रो अवस्था रहेको छ, यसको माग पनि बढेका कारणले एकल खेती गर्नुभन्दा सामूहिक खेती गरौँ भनेर सबै लागेका छौँ ।”

कृषि र फलफूल उत्पादनका लागि विषेश जोड दिएको नगरपालिकाले प्रत्येक वर्ष कृषकहरुलाई स्याउलगायतका कृषिका क्षेत्रमा अनुदानको व्यवस्था गरेको वडाध्यक्ष नन्दबहादुर कटुवालले बताए ।

“कृषि क्षेत्रबाट नै नगरपालिकालाई समृद्ध बनाउने योजना रहेको छ”, उनले भने“त्यसै आधारमा कृषिमा लाग्ने युवाहरुलाई अनुदान दिएर प्रोत्साहन गर्ने गरेका छौँ ।”

नगरपालिकाको मुख्य आयस्रोतका रूपमा स्याउ, सिमी र ओखर रहेकाले त्यसको उत्पादन तथा प्रवद्र्धनमा विषेश जोड दिइएको नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले जानकारी दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंक र आईएफसीबीच जोखिम व्यवस्थापन सेवासम्बन्धी समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग

काठमाडौँ । उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी मान्यता दिन माग गरेका छन्

सरकारले तोक्यो चैते धानको मूल्य

काठमाडौँ ।  सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ ।  मन्त्रिपरिषद्को बिहीबारको बैठकले

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

  काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार भने उकालो