सिजीको उच्च गतिको इन्टरनेट सेवा शुरु



काठमाडौं । सिजी कम्युनिकेसन प्रालिले मंगलबारदेखि काठमाडौंँ उपत्यकामा उच्च गतिको इन्टरनेट सेवा शुरुवात गरेको छ । यसबाट सार्वजनिक एवम् निजी क्षेत्रबाट प्रवाह हुने सेवाका गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ ।

हाल इन्टरनेट प्रदायक कम्पनीका तुलनामा सिजीको सेवा सस्तो रहेको दाबि समेत गरिएको छ । कम्पनीद्वारा मंगलबार जारी विज्ञप्तिमा १२० एमबिपिएस गतिको ‘सिजी नेट’ ९९९ रुपैयाँमा उपलब्ध हुने जनाइएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सिजी नेट सेवाले उपभोक्ताका जीवनमा नयाँ अनुभव गराउने बताउनुभयो । कम्पनीले शुरुवाती चरणमा इन्टरनेट सेवा शुरु गरेपनि चाँडैनै आइपिटिभी तथा अन्य सेवा ल्याउने तयारी भएको जनाएको छ ।

विज्ञप्तिमा शुरुवाती चरणमा काठमाडौं उपत्यकाका तीनै जिल्लामा उपलब्ध हुने, तत्कालका लागि जावलाखेल, झम्सिखेल, भनिमण्डल र एकान्तकुनामा क्षेत्रमा जडान हुने र एकवर्षभित्र उपत्यकाका सबै क्षेत्रमा सेवा विस्तार हुने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भरतपुर महानगरले ल्यायो ४ अर्ब ८१ करोडको बजेट

भरतपुर । चितवनको भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि ४ अर्ब ८१

पोखरा महानगरपालिकाको ६ अर्ब २७ करोड ७५ लाखको बजेट

पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ६ अर्ब २७

वीरगञ्ज महानगरले ल्यायो तीन अर्ब ५५ करोडको बजेट

वीरगंज । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि तीन अर्ब ५५

हेटौँडा उपमहानगरपालिकाद्वारा दुई अर्ब ६० करोडको बजेट प्रस्तुत

हेटौंडा । हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि दुई अर्ब ६०