आवश्यकता र स्रोतको क्षमताको आधारमा बजेटका लागि तोकियो सिलिङ



काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले आवश्यकता र स्रोतको क्षमताको आधारमा आर्थिक वर्ष २०७८÷०७९ को बजेटका लागि सिलिङ दिएको बताएका छन् । मंगलबार संसदको अर्थ समितिको आगामी आर्थिक वर्षको बजेटको तयारी सम्बन्धी छलफलमा भाग लिदै उपाध्यक्ष कँडेलले अहिलेको आवश्यकता र स्रोतको क्षमताको आधारमा बजेटको सिलिङ निर्धारण गरिएको बताएका हुन् । बजेटको सिलिङ र मन्त्रालयहरुको माग बीचमा भिन्नता भएपनि त्यसलाई बढाउन सक्ने स्थिति नरहेको बताए ।

सिलिङ निर्धारण गर्दा १५ औं योजना, दिगो विकासका लक्ष्य र अतिकम विकसित मुलुकबाट माथि जाने कुराहरुलाई रणनीतिक रुपमा समावेश गरिएको पनि बताए ।

बजेट कार्यान्वयनका लागि अनुगमन प्रणालीमा सुधार आवश्यक भएको र पूँजीगत खर्च कमजोर हुनुमा संघ, प्रदेश र स्थानीय तहबीच आवश्यक समन्वय र अनुगमन नहुनु नै प्रमुख कारण देखिएको र त्यसलाई नीतिगत रुपमै समाधान गरेर जानुपर्ने बताए । बैठकमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सिलिङ निर्धारणको सन्दर्भमा राष्ट्रिय योजना आयोग अर्थ मन्त्रालयसँग निरिह देखिएको टिप्पणी गरे ।

अर्थतन्त्रमा उत्पादनशील क्षमता बढाउने गरी आयोजना छान्ने काम हुनुपर्नेमा मन्त्रीहरुले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै आयोजना पार्ने गरेको बताए । बैठकमा सहभागी सांसदहरुले कोभिड–१९ पछिको आर्थिक पुनरुत्थानमा सरकार उदासिन देखिएको टिप्पणी गरेका थिए । चालु आर्थिक वर्षको ९ महिना वितिसक्दा पनि मुस्किलले २९ प्रतिशत मात्रै विकास खर्च हुनु बिडम्बनापूर्ण भएको पनि सांसदहरुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेप्सेमा दोहोरो अंकको गिरावट, दुई अर्ब १० करोडको कारोबार

  काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि ओरालो

एक रुपैयाँ बचतबाट बन्यो आठ करोडको पुँजी

  तनहुँ । सुन्दा पत्यार नलाग्न सक्ला तर एक रुपैयाँ बचतले  आठ करोडको

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष

काठमाडौँ । कोरोना महामारीका कारण थलिएको नेपालको पर्यटन क्षेत्र वर्ष २०८० मा सुधारोन्मुख

तोलामा १ हजार सात  सय रुपैयाँले बढ्यो सुनको मूल्य

  काठमाडौँ ।  स्थानीय बजारमा पहेँलो धातु (सुन)को मूल्य मंगलबार प्रतितोला  एक हजार