मनकामना केबलकार सोमबारदेखि पुनः सञ्चालनमा आउँदै



काठमाडौं । मनकामना केबुलकार मर्मत सम्भार पश्चात् एक दिनअगावै अर्थात् आगामी सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।

केबुलकारले जारी गरेको सूचनामा केबलकार चैत्र ३१ गते मंगलबारसम्मको लागि बन्द गरिने भनिएको थियो ।
मनकामना दर्शन प्रालिले शनिबार सूचना जारी गर्दै प्रथम चरण मध्येको कार्य अनुमानित समय भन्दा १ दिन अगावै सम्पन्न भएकोले चैत्र ३१ गते सञ्चालनमा गर्ने भनिएको केबलकार चैत्र ३० गते सोमबारबाटै सञ्चालनमा आउने जनाएको हो ।

चैत्र २३ गतेदेखि मर्मतका लागि बन्द गरिएको केबलकारको विदेशी प्राविधिकहरुले काम गर्दै आएका थिए । ६ दिन बन्द गरिएको केबलकार ५ दिनमा नै काम सम्पन्न भएकोले सञ्चालनमा ल्याउन लागिएको सञ्चालक मध्येका एक राजेशबावु श्रेष्ठले बताए ।

२०५५ सालमंसिर ८ गतेदेखि सञ्चालनमा आएको मनकामना केबलकारले २३ बर्ष पुरा गरे सँगै नयाँ प्रविधिमा सञ्चालन गर्ने गरी कामको थालनी गरेको छ । पुरानै प्रविधिमा सञ्चालनमा ल्याउँदा सञ्चालन खर्च बढ्ने भन्दै कम्पनीले नयाँ प्रविधिमा केबलकार सञ्चालन गर्न लागेको हो ।

सञ्चालक श्रेष्ठका अनुसार पहिलो चरणमा अतिआवश्यक र मर्मत नगरिनहुने सामान फेरिने र दोश्रो चरणमा नयाँ प्रविधिको लागि पूर्वाधार तथा केही सामान थप्ने तथा तेस्रो चरणमा एनालग प्रविधिबाट डिजिटल प्रविधिमा लैजाने गरी मर्मत थालिएको हो ।

जस अनुसार केबलकारको लठा परिवर्तन, सञ्चार केबललाई सेट्रा केबलमा परिवर्तन र डिसी ड्राइभलाई एसीमा लैजान लागिएको छ । यात्रुको सुरक्षा संगै केबलकारलाई विश्वमा आएको नयाँ प्रविधिमा ढाल्न लागिएको केबलकार प्रशासनले जनाएको छ ।
अबको २ बर्षभित्रै केबलकार डिजिटल प्रविधिमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

आर्थिक गतिविधिमा आएको समस्याका कारण बैंकिङ प्रणालीको कर्जा असुली दबाबमाः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकको २०८० साल

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि

बजेटमा कर्णाली प्रदेशलाई विशेष प्राथमिकतामा राख्न अर्थमन्त्रीसँग मुख्यमन्त्री कँडलको माग

  काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीय सरकारका अर्थमन्त्री वर्षमान